देशमा विद्युतीय गाडीको बहार, प्रतिस्पर्धी गिराउन हुन्छ यतिसम्मको खेल

924
shares
Shine resunga department bank

 

चितवन । नेपालको अटो क्षेत्र पछिल्लो समय विद्युतीय गाडीमय बनेको छ । अटो क्षेत्रमा स्थापित र स्थापित हुने चाहना राख्ने सबैको नजर कुनै न कुनै ब्राण्ड नेपाल भित्र्याउने र सकेसम्म धेरै यूनिट गाडी बेच्ने रहने गरेको छ ।

इभीको बजार र यसप्रतिको आकर्षण जसरी बढिरहेको छ, त्यसैगरी कर्पोरेट सेक्टरबीच नै पनि हानाहान र खुट्टा तानातानको खेल समेत उस्तै छ । एउटा समूहले अर्को प्रतिस्पर्धीलाई इभी प्रयोगकर्ताहरुलाई प्रयोग गरी उक्साउने,अर्काको बजार बिगार्ने र आफूले गाडी बिक्री गर्नेसम्मको खेल सामान्य बन्न थालेका छन् । गाडी प्रयोगकर्ता वा खरीदकर्ता समेत जानी नजानी यस्ता खेलहरुको शिकार बन्न थालेको देखिएको छ । पछिल्लो उदाहरणको रुपमा चितवनको एउटा घटनालाई लिन सकिन्छ ।

केही दिनअघि चितवनका सवारी धनी शिव सुवेदीलाई क्यामेरा अगाडि बोल्न लगाएर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनाइयो । भाइरल भिडियोमा सवारी धनी सुवेदीले सिजीले चीनबाट भित्र्याएको विद्युतीय गाडीमा

समस्या आएको र आफूले राम्रो सर्भिस नपाएको गुनासो गरेका छन् । सवारी धनी सुवेदीले आफूले पटक-पटक भन्दा पनि राम्रो सेवा नपाएपछि सिजीको चितवनस्थित आधिकारिक डिलर यूरो मोटर्स प्रालि अगाडि टायरसम्म बालेको बताएका छन् । उनले आफ्नो कुरा कम्पनीले नसुनेको, गाडीमा समस्या आउँदा पनि बेवास्ता गरिएका जस्ता संगीन आरोप लगाएका छन् । उनले आफूलाई कम्पनीले नसोधेको, नखोजेको बताइरहँदा ७ महिना अगाडि किनेको

गाडीमा ५ वर्षको वारेन्टी रहेको समेत बताएका छन् ।२४ घण्टामै यूटर्न सवारी धनी सुवेदी बोलेको भिडियो हेर्दा धेरैलाई उनले सेवा नै नपाएको र साह्रै अन्याय भोगेको प्रतित हुनसक्छ । तर,कम्पनीका अधिकारीहरुले समयमै उनको गुनासो सुनुवाई गरेका कारण तिनै सवारी धनी सुवेदीले २४ घण्टा नबित्दैआधिकारिक डिलरमा आफू पुगेको र गाडीमा देखिएको सबै समस्या समाधान गरिएको भन्दै खुशी व्यक्त गरेका छन्।

सवारी धनी सुवेदीले आवेशमा आएर वा कसैको बहकाउमा लागेर व्यक्त गरेको कुरालाई आफैंले खण्डन गर्नुपरेको छ । हुँदै नभएको विषय उठाएर आफूहरुको चुस्त सेवामाथि प्रश्न उठाएपछि यूरो मोटर्स प्रालिले एक्सनको तयारी गरेको थियो । आफूहरुले सयौं ग्राहकलाई सन्तुष्ट सेवा तथा चार्जरको सुविधा दिए पनि सवारी धनी सुवेदीले सुनियोजित ढंगले प्रहार गरेका भन्दै कम्पनीका प्रतिनिधि कडा रुपमा प्रस्तुत हुने र कानूनी उपचारसम्म गर्ने मूडमा देखेपछि सेवा पाइसकेका सवारी धनी सुवेदीले कम्पनीलाई सन्तुष्टिपत्र नै बुझाउनुपर्ने अवस्था बन्यो ।

यूरो मोटर्स प्रालिले इभी गाडीको फेसबुक ग्रुपमा पोस्ट गरेको एउटा पत्रमा आफू असार २९ गते गाडीमा समस्या देखिएपछि समाधानका लागि सिजी मोटर्सको आधिकारिक डिलर यूरो मोटर्स प्रालिमा आएको र आफ्नो गाडीमा आएका सम्पूर्ण समस्याको सुनुवाई भएको भनिएको छ । तोकिएको समयमै आफ्नो गाडीको समस्याको समाधानभएको भन्दै सवारी धनी सुवेदीले कम्पनीप्रति आभार समेत प्रकट गर्न भ्याएका

छन् ।

उनले लिखित रुपमा दिएकोपत्रमा आफू कम्पनीको सेवाबाट सन्तुष्ट रहेको समेत उल्लेख गरेका छन् ।केही घण्टाअघि सत्तोसराप गरेको कम्पनीबाट पाउने सेवाबाट आफू सन्तुष्ट रहेको र आफ्नो गाडीको सबै समस्यासमाधान भएको भनी सवारी धनी सुवेदीले लिखित रुपमै व्यक्त गरेको विषयले सिजी मोटर्सको सेवाप्रति बक्रदृष्टिराख्नेहरुले गर्न खोजेको खेलतर्फ इंगित गर्ने एक फेसबुक प्रयोगकर्ताले उल्लेख गरेका छन् । ती प्रयोगकर्ताले लेखेका छन्- ‘यति हदसम्मको झूठ बोल्नु हुँदैन कसैले । राम्रो सेवा दिइरहेको कम्पनीलाई कसैको बहकाउमा लागेर यसरी

भड्किनु हुँदैन । यस्तै व्यक्तिले हो, बढ्दै गएको इभीको बजार र सम्भावनालाई बिगारिदिने ।’

चितवनमा आएको यो समस्या र त्यसपछिका अन्य घटनाक्रमहरुको विषयमा बुझ्न खोज्दा सिजी मोटर्सका एकअधिकारीले गाडीमा समस्या आएमा आफू नजिकै रहेको सिजीको सर्भिस सेन्टरमा देखाउन सकिने प्रष्ट पारेका छन् ।

‘नेपालभर विभिन्न १७ स्थानमा हाम्रो सर्भिस सेन्टर र पार्ट्स उपलब्ध छन् । यी सबै स्थानबाट हामीले नियमित र उत्कृष्टसेवा दिँदै आएका छौं ।’ ती अधिकारीले भने- ‘शोरुम अगाडि टायर बालेर मात्र समस्याको समाधान हुँदैन । समस्यादेखिएको गाडीको समयमै अध्ययन गर्न जरुरी हुन्छ ।’यूरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले हुँदै नभएको विषयलाई भाइरल बनाउनेहरुमाथि कारबाही हुनुपर्ने

माग गरे । आफूहरुले गाडी बिक्रीपछि सेवा नै नदिएको विषय सुनियोजित रुपमा आएको र आरोप लगाउनेले नैलिखित रुपमा म सेवाप्रति सन्तुष्ट छु भनेपछि आफूले थप प्रष्टीकरण दिइरहन नपर्ने जिकिर गरे ।

 

Sharestha treating