राजस्व छलेको ५७ करोडको सामान बरामद
वि.सं.२०८१ साउन ३ बिहीवार
10.9K
shares
shares
काठमाडौं । बारा जिल्लामा राजस्व छलेर ल्याउने सामाग्रीको परिमाण ह्वातै बढेको छ। प्रहरीले बरामद गरेको सामाग्रीको मूल्यलाई तुलना गरेर हेर्दा तस्करीको ट्रेन्ड बढेको देखिएको हो।आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले भन्सार छलेर ल्याइएको ५७ करोड ४० लाख ३५ हजार ६५१ रुपैयाँ बराबरको सामाग्री बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४ गुणा भन्दा बढी हो।
आर्थिक वर्ष २०७९\८० मा प्रहरीले १२ करोड ६१ लाख २३ हजार ९०० रुपैयाँ बराबरको सामाग्री बरामद गरेको थियो। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा २ करोड ४३ लाख ८९ हजार रुपैयाँको अवैध सामाग्री बरामद गरिएको थियो।सीमा क्षेत्रमा सुरक्षाकर्मीको सक्रियाका कारण भन्सार छलेर ल्याइएका सामानहरु बरामद गर्न सफल भएको प्रहरीको दाबीछ।
Subscribe
0 Comments
Oldest































