प्रहरीका १४ जना असई सईमा बढुवा, को-कहाँ भए पदस्थापन ?
वि.सं.२०८१ साउन १६ बुधवार
1.6K
shares
shares
काठमाडौं । नेपाल प्रहरीका १४ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा भएका छन् ।प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका १४ जना प्रहरी सहायक निरीक्षक (असई) लाई नायव निरीक्षक (सई) मा बढुवा गरिएको हो ।
साथै उनीहरुको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बताइएको छ ।साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको
छ ।



























