सी.जी. मोटर्स द्वारा एकै पटक २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

1.3K
shares
Nabil bank

 

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रा.ली. लाई एकैपटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो।यातायात व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता, अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायात सँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो।

 

सी.जी. मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार, “यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सी.जी. मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वीत भएका छौँ। सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रा.ली. लाई गाडी हस्तान्तरण गर्दै गर्दा, वहाँहरुले वातावरण संरक्षण तर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं। आगामी दिनहरुमा वहाँहरु जस्तै अन्य यातायात व्यवसायीहरुलाई पनि वातावरण मैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ। बजारमा प्रचलित डिजेल भ्यानहरु सँग तुलनानै गर्ने हो भने, इलेक्ट्रिक माइक्रो भ्यानहरुले अत्याधिक खर्चहरु पूर्ण रुपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको छ। प्रति किलोमिटरको अपरेटिङ्ग कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरुले न्युनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।”

 

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा 50.23 kWh को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ। ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited