अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको आरोपमा युवती पक्राउ

11.7K
shares
Nabil bank

 

काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छन् ।

अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।अमेरिकामा मासिक २ लाख तलव हुने जागिर मिलाइदिन्छु भनेर पीडितहसँग रकम लिएर उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले बताए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x