गृहमन्त्रीकाे निर्देशनपछि गठ्ठाघर दुर्घटनामा बन्याे छानबिन समिति

14.4K
shares
Nabil bank

 

काठमाडौं । गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि भक्तपुरकाे गठ्ठाघरमा भएकाे सवारी दुर्घटनाकाे छानबिन गर्न समिति बनेकाे छ । शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डाेरेन्द्र निराैलाकाे नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेकाे हाे ।

निराैला नेतृत्वकाे समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि काेइराला सदस्य रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा सराेकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएकाे छ ।

गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाकाे गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिनुभएकाे थियाे ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै  ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियाे ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको थियाे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x