राजस्व अनुसन्धान विभागद्वारा अमेरिकी डलर तस्करी गरेको अभियोगमा मुद्धा दायर

13.6K
shares
Nabil bank

रसुवा । राजस्व अनुसन्धान विभागले अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले जिल्ला अदालत रसुवामा तामाङविरुद्ध २६ लाख ८३ हजार २ सय रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना अनि कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

 

विभागले जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो । अवैध अमेरिकी डलरसमेत ओसारपसार कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ गरिएको थियो ।संयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट अमेरिकी डलर बीस हजार बरामद भएको थियो ।

 

बयानका क्रममा उनले अरू कसैको नाम नखुलाएपछि उनीविरुद्ध मात्र राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), दफा ४ (१) तथा दफा ५ तथा दफा १२ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट जारी सूचना विपरीतको कसुर हुँदा सोही कसुर गरेको अभियोग पत्रमा दाबी गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x