नाडा अटो शोमा तीन नयाँ गाडी सार्वजनिक हुँदै

1.5K
shares

 

काठमाडौं । नेपालको लागि केयी अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले तीन नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन शुरु भएको हो ।

 

यसका सहभागिता जनाउन केयी नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ । क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ ।   

 

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने भएका छन् । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नेछन् । मंगलबारदेखि शुरु भएको यो क्याम्पेन भाद्र १० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

civil hospital
Hams Hospitals