रवि लामिछाने सहकारी ठग नै हो, प्रमाण मसंग छ : मुलुक ढकाल

1.8K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् ।बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ ।


लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन् । सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य भएको ढकालले पत्रमा लेखेका छन् ।लोकतान्त्रिका विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको उनले लेखेका छन् । ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ सभापति लामिछानेलाई लक्षित गर्दै ढकालले पत्रमा लेखेका छन्, ‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।’

civil hospital
Hams Hospitals