सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ भदौ ९ आइतवार
1.4K
shares
shares
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० रुपैयाँ कायम भएको छ ।




























