वडा अध्यक्ष बनेका प्रमुख लामा तीन महिनादेखि गाउँमा नहुँदा स्थानीय लाई सास्ती

3.2K
shares
Nabil bank

 

सिन्धुपाल्चोक ।तीन महिना अघि युरोप सयरमा हिँडेका वडा अध्यक्ष अझै गाउँ नफर्कदा भोटेकोशी वडा नम्वर एकका जनता औधी समस्यामा परेका छन् ।

जनप्रतिनिधिको पहुँच देखाउँदै भिषा मागेर पालिका अध्यक्षलगायत दुई वडा अध्यक्ष मस्ती गर्न युरोप पुगेका थिए । युरोप जाँदा कार्यवाहक वडाअध्यक्ष वनाएका राजु लामा अझै गाउँ फर्केका छैनन् । युरोप बाट नेपाल फर्के पनि व्यपारिक कारोवारका लागि कहिले चीन र कहिले रसुवा नाका केरुगमा बस्ने वडा अध्यक्ष नहुँदा अहिले सामाजिक सुरक्षा भत्ता लिनदेखि परिचयपत्र नवीकरण गर्न पनि समस्या परिरहेका लिस्ती गाउँका सोमे शेर्पाले बताए । वडाअध्यक्षले कार्यबहाकका रुपमा वडासदस्य रुपक प्रधानलाई तोकेका छन् ।

तर, कतिपय काम कार्यबहाकले गर्ने अनुमति नभएका कारण समस्या आएको स्थानीयको भनाई छ । वडाअध्यक्ष लामा टे«किगको काम गर्छन् । पर्यटकहरुलाई ओसारपसार गर्न अवैध रुपमा हेलिकप्टर प्रयोग गर्ने पनि उनलाई अरोप लाग्ने गरेको छ । प्राय रसुवा र चीनको नाकामा बसोवास गर्ने वडाअध्यक्ष लामाका कारण धेरै बृद्धबृद्धा भत्तावाट बञ्चित भएको वडाको अभिलेखमा पनि देखिन्छ । जनप्रतिनिधिको पदीय दुरुपयोगमा युरोपमा कस्ती गरेको भन्दै उनीहरु बिरुद्ध स्थानीयरुपमा व्यापक आलोचना पनि भएको थियो ।

युरोप बाट फर्के पनि जनताको समस्याको ख्याल नगरिक आफ्नै व्यवसायमा लागेपछि स्थानीयले वडा अध्यक्ष बिरुद्ध चर्को असन्तुष्ट व्यक्त गरेका छन् । बिभिन्न फरकफरक मोवाईल नक्वर बोक्ने लामालाई सम्पर्क गर्न समेत समस्या पर्दछ । उनलाई प्रतिकृया लिन ९८ …….. नम्वरमा कल गर्दा पनि सम्पर्क हुन सकेन । त्यसोत शेर्पा समुदायको बहुल्य रहेको यो वडाका प्रमुख लामासमेत बडाअध्यक्ष नै हुन् ।

शेर्पा समुदायको बिभिन्न रीतिरिवाजमा प्रमुख लामा अनिवार्य उपस्थित हुनुपर्ने हुन्छ । उनी लामो समयदेखि गाउँमा नहुँदा रितीरिवाजमा पनि समस्या भएको स्थानीय शेर्पाले बताए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited