२७ लाख बराबरको पटाका बरामद 

8.9K
shares
Nabil bank

 

सर्लाही । सशस्त्र प्रहरी बलले २७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ । मलंगवा नगरपालिका-४ गणेशियास्थित चिम्नीनजिकको टहरामा लुकाइराखिएको पटाका बरामद गरिएको हो । सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रहरी उपरीक्षक विनोदराज खनालले गणबाट खटिएको टोलीले गणेशियास्थित चौरमा जस्ताको टहरामा शंका लागेर चेक गर्दा ठूलो मात्रामा पटाका बरामद गरिएको जानकारी दिए ।

 

तिहारलाई लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुन सक्ने उनले बताइ । बरामद भएको पटाकामा नागिन, भुईंचम्पा, सुतली बम, रकेटलगायतका छन् । जसको बजार करिब मूल्य २७ लाख ७७ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।’तिहारलाई मध्यनजर गर्दै भारतबाट ल्याइएका ठूलो परिमाणको पटाका बरामद भएको हो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘बरामद भएको पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिनेछ ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x