आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

12.5K
shares
Nabil bank

 

काठमाडौं । नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन् ।उनलाई आज राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्न लागेका हुन् ।

त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x