मध्यराती वडा अध्यक्षकै आँगनबाट बाइक गायब,हाकिमको टाउको दुखाई 

1.9K
shares

 

 

काठमाडौं।वडा अध्यक्षकै घरबाट बाइक गायब । यस्तो घटना भएको छ धादिङ गाउँपालिका थाक्रेमा । दश दिनदेखि थाक्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष   प्रेम कुमार थापाले चढ्दै आएको वाइक उनको घरैबाट हरायो । दश दिन पछि पालिकालाई बल्ल तातो लागेको छ ।मोटरसाईकल हराएको १० दिन पछि मात्रै गाउँपालिकाले आज गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको छ ।

 

०२-००१ ब ५६०९ नम्बरको यमाहा कम्पनीको बाइक वडा अध्यक्षले १८ महिनादेखि चढ्दै आएका थिए । उक्त वाइक घरैबाट हराएपछि पालिकाको प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लको टाउको दुखाई शुरु भएको छ ।

 

वडा अध्यक्ष थापाका अनुसार,धादिङबेसी गएर उक्त रात ९ बजे घर आइपुगेर खाना खाएर सुतेको समयमा राती ११/१२ बजेको बीचमा घरको आँगनैबाट बाइक हराएको जनाए । आफूले १८ महिना देखि चढ्दै आएको वाइक हराउनुमा आफैं दोषी भएको बताउँछन्,उनी ।

वडामा त्यहाँका सचिव,प्राविधिक,इञ्जिनियरहरुले समेत सरकारी सवारी साधन उपयोग गर्दै आएका छन् । एउटा वडा अध्यक्षकै घरबाट सवारी साधन हराउँछ भने त्यहाँ जनताको सुरक्षा कसरी हुन सक्ला ?

 

यस गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, महादेवबेसी, धादिङको नाममा दर्ता कायम रहेको बागमती प्रदेश ०२-००१ ब ५६०९ नम्बरको कालो रंगको सवारी साधन हराएपछि प्रमुख प्रशासकीयले सार्वजनिक सूचना जारी गरेका छन्।जिम्मेवार वडा अध्यक्ष थापाकै घरबाट सवारी साधन हराउँछ भने त्यहाँका जनताको सुरक्षा कसरी हुन सक्ला ? थाक्रे गाउँपालिकामा यो विषयमा जनताहरुको माझमा चर्चा हुन थालेको छ ।

यो पनि पढ्नुहोस्

थाक्रे गाउँपालीकामा बेथिति पदाधिकारीहरुको सुविधामा करोडौंको खर्च

civil hospital
Hams Hospitals