नेपाल प्रहरीका तीन डीआईजीपीको सरुवा

1.1K
shares
Nabil bank

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीपीको सरुवा गरेको छ ।

 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको हो।

 

 

 

मधेश प्रदेशका डीआईजीपी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा ल्याइएको छ भने मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजीपी लालमणि आचार्यलाई पठाइएको छ ।

 

शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजीपी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited