कृषि समितिका अध्यक्ष र कोषाध्यक्षको मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता
वि.सं.२०८१ भदौ २६ बुधवार
17.3K
shares
shares
काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादीहरू दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीलगायतको संलग्नता रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
कृषि उपज बजार पाँच खालका सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीले समितिको खातामा रहेको रकम मध्ये १४ लाख ३८ हजार ५ सय रुपैयाँ हिनामिना गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।
श्रेष्ठ, अधिकारी र केशव भन्ने हरिकेशव अधिकारीले कसुरबाट सफाइ पाउने भनी विशेषले गरेको फैसलामा चित्त नबुझी अख्तियारले बुधबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
Subscribe
0 Comments
Oldest































