Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

1.3K
shares

काठमाण्डौ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले ईभी गाडहीहरुका लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाण्डौको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आईसकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ । सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै, हार्इ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरु र्इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएको छ।

civil hospital
Hams Hospitals