जुवा खेलेर श्रीमानले १२ बिघा जग्गा र गरगहना हारेपछि…
वि.सं.२०८१ भदौ २७ बिहीवार
801
shares
shares
काठमाडौं।भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको शाहबाद थाना क्षेत्रमा एक विवाहित महिलाले निकै गम्भीर आरोप लगाएकी छिन् ।उनले न्यायका लागि प्रहरी उपरीक्षकलाई अपिल गरेकी छन् ।
जुवा खेल्ने लतका कारण श्रीमानले शुरूमा १२ बिघा जग्गा र गहना बेचेको उनी बताउँछिन् । तीन सन्तानकी आमा र छोराछोरीको भविष्यलाई लिएर चिन्तित ती महिलालाई श्रीमानले कुटपिटसमेत गर्ने गरेको पन्जाब केसरीले जनाएको छ ।
पीडित महिलाले न्यायका लागि प्रहरी उपरीक्षक रामपुरमा निवेदन दिएकी छन् । उनको आग्रहमा प्रहरीले एफआइआर दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ।
वि.सं.२०८१ भदौ २७ बिहीवार १९:४३