उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन

1.5K
shares

 

पोखरा । बागलुङको घुङखानीमा भएको जिप दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।मध्यपहाडी लोकमार्गमा जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको हो ।घटनामा तीन जनाको मृत्यु भए पनि अन्यको पहिचान खुलेको छैन।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो ।जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएकोछ।

civil hospital
Hams Hospitals