गीतकार डा. दामोदर रेग्मीको नयां गीत सार्वजनिक
वि.सं.२०८१ भदौ २९ शनिवार
shares
पोखरा प्रकृतिको वरदान सुन्दरताले भरिपूर्ण स्थान । एक युगल जोडी यो मनको चाहना अल्झियो तिमीमा भन्ने गीतमा रमाइरहेका छन् । दृष्य साह्रै मनमोहक छ भने गीतका शव्द संगीत उत्ति नै कर्णप्रिय छन् । सन्दर्भ हो प्रशासक तथा गीतकार डा दामोदर रेग्मी व्दारा रचित गीतको म्यूजिक भिडियोको । उक्त गीतमा सुरेश लामा र दीपा लामाको स्वर रहेको छ । दुवै गायक गायिकाले धेरै नेपाली चलचित्रहरुमा जादुयी आवाज दिइसकेका छन् । गीतमा संगीत डि वि लामाको रहेको छ भने अभिनय प्रताप पल ठकुरी र अप्सना बलामीको रहेको छ । उत्तम श्रेष्ठ सिसिरको निर्देशन रहेको म्यूजिक भिडियो आज नेपमेलो युट्युव मार्फत सार्वजनिक भएको छ ।
गीतको वारेमा संगीतकार डि वि लामाले गीतकार डा दामोदर रेग्मीका सवै गीतहरु शव्द संयोजन र भावका दृष्टिले साह्रै मर्मस्पर्शी रहेका छन् उहांका केही गीतहरुमा मैले यस अघि संगीत दिने मौका पाएको थिएं । यो गीतमा उहांको शव्दलाई न्याय गर्ने गरि संगीत दिएको र गायक गायिकाले मेहनत साथ स्वर दिएकोले अति राम्रो गीत तयार भएको छ । भिडियो निर्देशकको कुशल निर्देशन र कलाकारको अभिनय तारिफ गर्न योग्य भएको वताए । म्यूजिक भिडियो निर्देशक उत्तम श्रेष्ठ सिसिरले प्रशासनविद तथा वरिष्ठ गीतकार डा दामोदर रेग्मीको शव्द, डि वि लामाको संगीत र सुरेश लामा तथा दीपा लामाको स्वर रहेको गीतको म्यूजिक भिडियोको निर्देशन गर्न पाउनु अपूर्व अवसर भएको र मैले निर्देशन गरेका अनेकन म्यूजिक भिडियोहरु मध्ये यो गीतको म्यूजिक भिडियो अव्वल दर्जाको रहेको छ र यसमा अभिनय र प्राविधिक समूहको योगदान राम्रो रहेकोले यस्तो गीत आउन सफल भएको हो भनी बताए ।
गायक दीपा लामा र सुरेश लामाले यो गीत गाउनु पूर्व शव्दवाट नै हामी मोहित सकेका थियौ त्यसमा डि वि दाइको संगीतले हाम्रो स्वरलाई सुमधुर बनायो गीतको भाव अनुरुप प्रताप पल ठकुरी र अप्सना बलामीले राम्रो अभिनय गर्नु भएको छ भनी बताए । नायक प्रताप पल ठकुरीले धेरै राम्रो भिडियो बनेको कुरा भने भने नायिका अप्सना बलामीले अति नै सुन्दर र मनमोहक गीतमा अभिनय गर्न पाउदा खुशी लागेको बताइन ।
गीतकार डा दामोदर रेग्मीले अहिले आफ्ना दुई गीतहरुको म्यूजिक भिडियो सार्वजनिक गर्ने योजना अनुरुप यो अति नै सुन्दर युगल जोडीहरुको प्रेममा आधारित गीत को भिडियो आएको र यसमा सलग्न सवै प्रति आभार रहेको वताए । अव छिट्टै उनको शव्द र आनि छोइंग डोल्माको स्वर रहेको जिन्दगीको पाठशालाले धेरै पढायो बोल रहेको गीतमा मिथिला शर्माको अभिनयमा अर्को म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेकोले सो मा समेत व्यस्त रहेको कुरा वताए ।
प्रशासनविद तथा गीतकार डा दामोदर रेग्मीको स्वरमा आनन्द कार्की, मुरलीधर, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारीद्ये स्वर दिइसकेका छन् भने सवै गीतहरु लोकप्रिय रहेका छन् । अहिले सार्वजनिक भएको गीतको लिंक रहेको छ।
वि.सं.२०८१ भदौ २९ शनिवार १६:४२