तत्कालीन सचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद

10.9K
shares
Nabil bank

काठमाडौं।मेलम्ची खानेपानी विकास समितिको भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय भएको छ।

 

त्यसैगरी उनलाई १० करोड १० लाख ६१ हजार ७५ जरिवानासमेत कायम गरिएको छ।

 

त्यसैगरी सोही मुद्दामा दोषी ठहर भएका अर्का प्रतिवादी सूर्यराज कँडेललाई पनि आठ वर्ष एक महिना कैद सजाय तथा १० करोड १० लाख ६१ हजार ७५ जरिवाना गरिएको छ ।

 

अर्का प्रतिवादी रामचन्द्र देवकोटालाई पनि आठ वर्ष एक महिना कैद र २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना कायम गरिएको छ।

 

त्यसैगरी अर्का प्रतिवादी शिवकुमार शर्मालाई आठ वर्ष कैद सजाय भएपनि ६५ वर्ष उमेर नायकको हिसाबले २५५ छुट गरी सजाय गरिएको छ। उनी विरुद्ध २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना कायम गरिएको छ।

 

त्यसैगरी अन्य तीन कम्पनीहरूलाई पनि जरिवाना ठहर गरिएको छ।

 

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सजाय निर्धारण गरेको हो ।

 

यसअघि गत भदौ २४ गते उनीहरू कसुरदार ठहर भएका थिए।

 

विशेष अदालतले दुई कम्पनीलाई ६ करोड २१ लाख ९३ हजार ५९६ जरिवाना गरेको छ भने अर्को एउटा कम्पनीलाई २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ जरिवाना गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x