एसपी विश्वराज खड्का आर्थिक मामिला र अनेक काण्डमा मुछिँदा पनि मकवानपुरको कमाण्डर

12.6K
shares
Nabil bank

काठमाडौं।विवादास्पद एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले मकवानपुरको प्रहरी प्रमुखमा सरुवा गरी पुरस्कृत गरेका छन् ।

 

प्रहरीमा सेवा प्रवेशपछि खड्का जहाँ इन्चार्ज हुँदा पनि आर्थिक मामिला र अनेक काण्डमा पर्दैआएका एसपी हुन् । मंगलबार राति गरिएको ४१ एसपीको सरुवामा खड्कालाई पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाइएको छ ।

 

जनकपुरकी आरती साहको हत्या प्रकरणमा आर्थिक लेनदेन गरी मुद्दा कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिन चलखेल गरेका एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाएका छन् ।

 

आरती साह डेढ बर्षअघि २०८० जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साह हत्या प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो ।

 

मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप रहेको थियो । आरतीको परिवार विगत १४५ दिनदेखि काठमाडौंमा धर्ना बसेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x