वडा अध्यक्ष डिल्ली ओलीसहित २ जनालाई घुस रकमसहित नियन्त्रण
वि.सं.२०८१ असोज ९ बुधवार
shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले झापा, बुद्धशान्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जना घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुसररिसवत लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको थियो ।
प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले ओलीलाई रु.८०,०००।– (असी हजार रुपैयाँ) घुसररिसवत सहित इलाका प्रहरी कार्यालय, अनारमनी, झापाबाट निज र घुसररिसवत दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
वि.सं.२०८१ असोज ९ बुधवार १४:५९