किशोरीलाई करणी गरेको अभियोगमा पाँच जना पक्राउ
वि.सं.२०८१ असोज ३० बुधवार
14.1K
shares
shares
नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक होटलमा राखेर १६ वर्षीया किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेको छ।बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन जना किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर सामूहिक बलात्कार गरेका हुन्।
असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा किशोरीलाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए।किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएकी छिन्।उजुरीपछि प्रहरीले १९ वर्षका तीनजना, २० वर्षका एक र २४ वर्षका अर्का युवालाई पनि पक्राउ गरेको डिएसपी भण्डारीले बताए।
Subscribe
0 Comments
Oldest































