सुनको मूल्य हालसम्मकै उच्च

942
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुन एकैदिन दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य तोलामा एक लाख ६२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार ४ सय रुपैयाँ रहेको छ ।

 

 

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला एक हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals