रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न आदेश
वि.सं.२०८१ कात्तिक ८ बिहीवार
11K
shares
shares
काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा उनलाई गएको शुक्रबार काठमाडौँबाट पक्राउ गरेर उनलाई कास्की पुर्याइएको थियो । आइतबार अदालतले ६ दिन हिरासतमा (पक्राउ परेको दिनदेखि) राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । उक्त म्याद सकिएसँगै उनलाई आज अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
Subscribe
0 Comments
Oldest































