रास्वपाका कार्यकर्ताहरु पक्राउ
वि.सं.२०८१ कात्तिक १३ मंगलवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरूको बालुवाटार केन्द्रित प्रदर्शनीका क्रममा पक्राउ पर्नेको संख्या ५० नाघेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनीहरूलाई निषेधिक क्षेत्र तोडेपछि नियन्त्रणमा लिइ विभिन्न वृत्तमा राखिएको जानकारी दिए ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई काठमाडौँ पुर्याइएको थियो । ३ गतेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । गत आइतबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेकोमा रास्वापले आज बालुवाटार घेराउ गर्नेगरी प्रदर्शन सुरु गरेको थियो ।
सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनरत छन् ।
रविविरुद्ध अदालतले अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
































