सञ्चालनमा आयो रसुवागढी नाका
वि.सं.२०८१ कात्तिक १४ बुधवार
1.8K
shares
shares
काठमाडौं । रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ ।गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिक पहिरो जाँदा सडक बन्द भएको थियो ।
पहिरोले सडक क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो ।पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो।जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ।




























