हाइकुहरू
वि.सं.२०८३ वैशाख १६ बुधवार
shares
१.
हरियो भाषण
हिमाल पग्लिरहेछ
सेल्फी रमाइलो।
२.
विकास दौडियो
हिउँले हात हल्लायो
पानी बिदा भो।
३.
कागज नीति
हिमाल मुस्कुरायो
हिउँ रोइरहेछ।
४.
जलवायु बैठक
एसीमा कुरा चल्यो
हिमाल तापियो।
५.
वन काटियो
हरियो रिपोर्ट आयो
धूलो बगिरहेछ।
६.
नेतृत्व भाषण
हिमाललाई माया रे
बजेट हरायो।
७.
पर्यटन पोस्टर
सेतो हिमाल देखिन्छ
पग्लेको सत्य।
८.
विकासको नाम
हिउँको चिहान माथि
टावर उठिरहेछ।
९.
हरित वाचा
प्लास्टिक फूल फुले
हिमाल रुन्छ नि।
१०.
क्लाइमेट सम्मेलन
ग्लासमा पानी छैन
हिमाल डुबिरहेछ।
११.
बजेट किताब
हिमाल सुरक्षित रे
नदी सुकिसक्यो।
१२.
सफा ऊर्जा
धुवाँ अझै बढिरहेछ
हिउँ मौन भयो।
१३.
प्रगति गीत
हिमाल पृष्ठभूमि
आँसु काटिँदैछ।
१४.
सेल्फी यात्रु
हिमाललाई छोपेर
पोज बनिरहेछ।
१५.
हरियाली सपना
काठको भाषण बग्यो
जङ्गल रोयो ।
१६.
विकास बोर्ड
हिमालको छातीमाथि
सडक मुस्कायो।
१७.
पग्लिएको हिम
रिपोर्टमा छैन केही
नदी भागिरहेछ।
१८.
नेतृत्व भ्रम
हिमाल स्थिर लेखियो
तल झर्दैछ।
१९.
नीति कागज
हिउँको कथा काटियो
मौन चिच्यायो।
२०.
मानव गर्व
हिमाल झुकिरहेछ
भविष्य रोयो।





























