क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

753
shares
Shine resunga department bank

काठमाडौँ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका-४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् ।

 

 

 

पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

उनीहरु दुवै जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

Sharestha treating