सफल जीवनका लागि रिस र आरिस व्यवस्थापन

19.9K
shares
Nabil bank

 

रिस र आरिसले जीवन समाप्त पार्न कुनै बेर लाग्दैन । मानव जीवन २ दनिको खेल नै हो भनेर सम्झाइ रहन पनि पर्दैन । मानव स्वभावै रिस र आरिस प्रवृतिको छ । आरिस एक भावनात्मक प्रतिक्रिया हो, जसमा मानिसले अरूको सुख, सफलता, प्रेम वा भौतिक वस्तुहरूको प्रति असन्तुष्टि र ईर्ष्या महसुस गर्छ। यस्तो भावना प्रायः व्यक्तिगत असुरक्षा, आत्मविश्वासको कमी, वा अरूसँगको तुलना गर्नबाट उत्पन्न हुन्छ। आरिसको भावना एक मानसिक अवस्था हो, जसले मानिसलाई दुख, क्रोध, र द्वन्द्वमा फसाउने सक्छ। ग्रीक र रोमन मिथोलोजी, धर्मशास्त्र, र साहित्यमा पनि आरिसलाई एक शक्तिशाली र नकारात्मक भावनाको रूपमा चित्रित गरिएको छ।

आरिसको मुख्य कारण आफ्नो जीवनमा अरूसँगको असमर्थता र अवज्ञा महसुस गर्नु हो। मानिसहरू प्रायः आफूलाई अरूसँग तुलना गरेर आफ्नो स्थितिलाई थाहा पाउँछन्, र जब अरूको जीवनमा त्यस्तो कुरा पाइन्छ जुन आफूसँग छैन, तब आरिसको भावना उत्पन्न हुन्छ । यसलाई एक किसिमको मानसिक असुरक्षा र अनहोनीको डरको रूपमा पनि हेरिन्छ। उदाहरणको रूपमा, एक व्यक्तिले आफूले चाहेको वस्तु वा स्थिति अरूको हातमा देख्दा उसको मनमा ईर्ष्या उत्पन्न हुन सक्छ। यसका अतिरिक्त, आरिस प्रेम र सम्बन्धका सन्दर्भमा विशेष गरी प्रकट हुन्छ, जहाँ एक व्यक्तिले आफ्नो जोडीको अन्यत्र ध्यान आकर्षित भएको देखेर असन्तुष्ट हुन सक्छ।

आरिसले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा नकरात्मक असर पुर्याउन सक्छ। आरिसको भावना चुपचाप वा खुला रूपमा प्रकट हुन सक्छ। यसले अत्यधिक चिन्ता र असहजताः जब कुनै व्यक्ति अरूको सफलतासँग वा प्रेमसँग असन्तुष्ट हुन्छ, तब त्यसले मानसिक शान्ति बिगार्न सक्छ। आरिसको कारण मानिसको क्रोध वा चिडचिडापन बढ्न सक्छ, जसले अरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउन सक्छ। अरूसँगको तुलना गर्दा आफूलाई कमजोर र असफल महसुस गर्ने अवस्था सिर्जना हुन्छ। आरिसले मानिसलाई अन्य व्यक्तिहरूसँगको सम्बन्धमा द्वन्द्व उत्पन्न गर्न सक्छ र यसले सामाजिक अलगावको कारण बन्न सक्छ।

आरिस एक अत्यन्त गम्भीर मानसिक अवस्था हो जसले मानिसको विचार र व्यवहारलाई अत्यन्त प्रभावित गर्न सक्छ। जब आरिस अत्यधिक हुन्छ, तब यसले नकरात्मक सोच र अस्वस्थ मानसिक स्थितिको निम्तो दिन्छ। यस अवस्थामा मानिसले केवल आफ्नो जीवनलाई असन्तुष्ट महसुस गर्दैन, बरु अरूको सफलतामा खुशी हुने बजाय, त्यसमा उसको गहिरो असन्तोष र दुख व्यक्त गर्न सक्छ। यो एक किसिमको मानसिक तनाव हो, जसले आत्मसमर्पण, अफसोस, र नकारात्मक प्रतिक्रियाहरू जन्म दिन सक्छ।

धर्म र संस्कृतिमा आरिसलाई प्रायः नकारात्मक रूपमा चित्रित गरिएको छ। हिन्दू धर्ममा, आरिस एक प्रकारको मानसिक विकार हो जसले आत्मा र मनलाई अशुद्ध बनाउँछ। बाइबल र अन्य धार्मिक ग्रन्थहरूले पनि आरिसलाई पापको रूपमा प्रस्तुत गरेका छन्। ग्रीक मिथोलोजीमा पनि आरिस एक अव्यवस्थित र विनाशकारी भावना मानिएको थियो। उदाहरणका लागि, ग्रीक देवी हेरा, जो जिओसकी पत्नी थिइन्, उनका आरिसका कारण अनेक कथाहरू जन्मिएका छन्। उनले अन्य महिलासँगको जिओसको सम्बन्धको कारण अत्यन्त क्रोधित भइन्, जसले अनेक घटनाहरूको श्रृंखलालाई जन्म दियो।

आरिसलाई कम गर्न र नियन्त्रण गर्नका लागि आत्म–जागरूकता, मानसिक दृढता, र सकारात्मक सोचको आवश्यकता पर्छ। आफ्ना आन्तरिक भावनाहरूलाई बुझ्न र तिनीहरूको सामना गर्न सक्नु आरिसलाई नियन्त्रण गर्नको लागि पहिलो कदम हो। साथै, मानिसले आफ्नो आत्मविश्वासलाई बढाउन र अरूसँगको तुलना नगर्न सिक्न पनि महत्त्वपूर्ण छ। ध्यान र ध्यानपूर्वक ध्यान अभ्यास गरेर व्यक्तिहरू आफ्नो नकारात्मक भावनाहरूलाई नियन्त्रण गर्न सक्छन्।

 

अन्ततः, आरिस एक सामान्य मानव अनुभव हो, तर यसलाई विनम्र र जागरूक तरिकाले व्यवस्थापन गर्न सकिन्छ। यसका लागि सहानुभूति, सकारात्मक दृष्टिकोण र आत्मसम्मानको अभ्यास आवश्यक छ।

रिस एक भावना हो। यो डरबाट उत्पन्न हुन सक्छ । जब व्यक्तिले डरको कारण रोक्न प्रयास गर्छ तब व्यवहारमा डर स्पष्ट रूपमा व्यक्त हुन्छ। रिस मानिसको लागि हानिकारक छ। रिस कायरताको लक्षण हो।विलक्षण व्यक्तिमा झन् रिस उठ्छ र परिस्थितिको बोझ बोक्ने हिम्मत र धैर्य हुँदैन।रिस भनेको पीडाले भरिएको अवस्था हो। शारीरिक स्तरमा, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्।

रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्। समय र परिस्थितिअनुसार मनमा उठेका भावना स्वतः हराउँछन् पनि। रिस यदि नियन्त्रणबाट बाहिर जान थाल्यो भने समस्या उत्पन्न हुन्छ। धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा पनि असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।

रिस लाग्दा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ। रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन्। किनभने तिनीहरू रिसजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आप्mनो अस्तित्व देखाउन चाहन्छन्।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो।

रिस पीडाले भरिएको पीडाको उच्च अवस्था हो। रिसले मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट झर्छ । रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो। बेवास्ता, घृणित र घृणित मानिने मानिसहरू झन् रिसाउँछन्। रिस, एक कथित उत्तेजना, चोट, वा धम्कीको लागि कडा असहज र असहयोग प्रतिक्रिया समावेश गर्ने तीव्र भावनात्मक अवस्था हो। रिस एक प्रकारको भावना हो। गहिराइमा व्याख्या गरिदिने हो भने डरका कारण उत्पन्न हुने अनुभूति हो । जब एक व्यक्तिले डरका कारणहरूलाई रोक्न खोज्छ, रिस उत्पन्न हुन्छ। रिस मानिसको लागि हानिकारक छ।

कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू मध्ये एक रिस हो। रिस मानिसको शत्रु हो। प्रायः मानिसहरू, जब तिनीहरू धेरै रिसाउँछन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन्। रिसले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्याधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुन सक्छ।रिस प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।

सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ। यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ । तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दुःख, कष्ट, अन्याय इत्यादि हुँदा सामान्यतया रिस उठ्छ ।

रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ पिउनतिर लाग्छन्।रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ। आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ ।

रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ। विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ । रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ ।

रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।

रिसका शारिरिक असरहरूमा टाउको दुख्ने, रक्तचाप बढ्ने, निन्द्रामा असर, पाचन प्रणालिमा असर र रोगसँग लड्ने क्षमतामा असर रेका छन् भने मानसिक असरहरूमा उदासिपन, नैराशयता, आत्मबिश्वासमा कमि, खानपिनको व्यवहारमा असर, लागुपदार्थको प्रयोग, आत्मघाती असर इत्यादिरहेका छन् ।

रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।

दैनिक कमसेकम ३० मिनेट ध्यान गर्ने। ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ। प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन। पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पु¥याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।

क्रोधित व्यक्तिहरूले धेरै कदम चाल्छन् जुन गलत साबित हुन सक्छ। रिसमा गलत बोल्नु भन्दा धेरै रिस उठ्दा चुप लाग्नु राम्रो हो। केही नबोल्दा विवादको अवस्था आउँदैन। रिसाएको बेला मौन रहनुभयो भने रिसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्नुहुनेछ। मुद्दा त्यहाँ शान्त हुनेछ। बोल्ने हो भने सोचेर बोल्नुस् ।

यदि तपाईं धेरै रिसाउनु भएको छ भने, तपाईं रिसाउन नसक्ने ठाउँबाट टाढा जानुहोस्। ठाउँ परिवर्तनले मन शान्त हुन्छ। खुला ठाउँ वा एक्लै भएको ठाउँमा जाने प्रयास गर्नुहोस्। बगैंचामा वा टेरेसमा एक्लै, ताजा हावाको गहिरो सास लिनुहोस् र आप्mनो रिस शान्त गर्नुहोस्। सही तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ। यसको लागी हामीले रिस उठ्दा खेरीको संकेतहरु केके हुन् भनेर चिन्न सक्नु पर्छ र त्यस पस्चात् यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर उपयुक्त किसिमका उपायहरू विकास गर्नुपर्छ। रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होइन। रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै नैरास्यता चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिब्यक्त गर्न सिकाउँछ।

सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने । वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ,रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने। यी चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने। नकारात्मक सोचहरूलाई चिन्ने, रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने,लामो–लामो श्ववास लिने, तनावपूर्ण स्थितिबाट एकछिन टाढा बस्ने,ब्यायाम गर्ने, एकछिन हिँड्ने,आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने, कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने, जिउ तन्काउने, तनाव खिचाव महसुस भएको शरिरको भागहरूलाई मसाज गर्ने, वास्तविकताको चेक जाँच गर्ने ।

रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस्।महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो ।जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ । कुनै कारण वा परिस्थितिमा तपाईंलाई थाम्न नसक्ने रिस उठ्यो भने तुरुन्त अंक गन्न थाल्नुहोस् । जबसम्म तपाई आफूलाई रिसमुक्त बनाउनु हुन्न तबसम्म अंक गन्नुहोस् । यसले तपाईलाई रिसमाथि नियन्त्रण गर्न सघाउने गर्छ ।यदि तपाईंलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नहोस् । जतिजति तपाईंलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।शारीरिक ब्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईलाई रिस उठेको छ भने सामान्य शारीरीक ब्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केहीबेर यताउती डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।

रिसको बेला आउने आक्रोशले उनीहरुमा तनाव बढाउने गर्दछ । यस्तोमा आखाँ चिम्लेर शान्त भएर बस्ने वा मोवाइलमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले तपाईलाई रिस उठेको बेला मानसिक तनाव कम गराउँछ ।कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । अत्यधिक रिस उठेको बेला मज्जाले हास्नाले पनि रिसलाई नियन्त्रण गर्छ । हाँस्दा शरीरका अधिकांश तन्तु सक्रिय हुनुका साथै नराम्रो परिस्थितिबाट आफूलाई बाहिर निकाल्न मद्दत समेत गर्दछ ।यदि तपाईं बाहिरबाट रिसाएर आउनु भएको छ भने यस्तो बेलामा आफूलाई सिर्जनात्मक काममा लगाउनुहोस् । जस्तै पेन्टिङ गर्ने, केही लेख्ने वा बिग्रेका सामग्रीको मर्मत गर्ने । यसले रिस उठेको बेला हुने मुड अफ कम हुनेछ । तर रिस उठेको बेलामा बाइक चलाउने, बाहिर जाने वा कोठा बन्द गरेर आफूलाई एक्लै पार्ने प्रयास भने गर्नुहँुदैन । रिस उठेको समयमा आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । जसका लागि ध्यान मोड्नु नै सबैभन्दा सहज उपाय हो ।

रिस मानवीय संवेदनाको एक हिस्सा हो । रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् ।रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ ।

मानिसहरूले आफ्नो जीवनलाई सफल व्यक्तिसँग तुलना गर्छन्, जसले गर्दा उनीहरूमा आत्म–सम्मानको कमी उत्पन्न हुन्छ। यो कमीले उनीहरूलाई ईर्ष्या महसुस गराउँछ।कतिपय मानिसहरू आफ्नैनै क्षमतामा विश्वास नगर्ने भएकाले अरूको सफलता देख्दा असुरक्षित महसुस गर्छन्। यस असुरक्षाले उनीहरूलाई अरूको सफलता सहन कठिन बनाउँछ। मानिसहरूले सोच्न सक्छन् कि सफल व्यक्तिले विशेष अवसर वा स्रोतहरू पाएका छन्, जुन आफूले पाएका छैनन्। यसले उनीहरूमा ईर्ष्याको भावना जगाउँछ। समाजमा सफलतालाई धेरै महत्त्व दिइन्छ, जसका कारण मानिसहरूले अरूको सफलतासँग तुलना गरेर आफूलाई नाकाम सम्झन सक्छन्। यो तुलना ईर्ष्याको आधार बन्न सक्छ। केही मानिसहरूमा प्रतिस्पर्धी भावना बढी हुन्छ। जब उनीहरूले कसैलाई सफल देख्छन्, उनीहरूमा प्रतिस्पर्धा गर्ने इच्छा जाग्छ, जसले ईर्ष्यालाई बल दिन्छ।

ईर्ष्या एक सामान्य मानव भावना हो, तर यसलाई सकारात्मक ढंगले परिवर्तन गरेर प्रेरणाको स्रोत बनाउन सकिन्छ।रिस खा आफू बुद्धि खा अर्को भनेझैँ हाम्रो आरिसले हामीलाई नै होचो बनाएको हुन्छ र घोचो खान्छाँै । आरिसेहरुको आन्दोलनले जहाँसुकै र जुनसुकै ठाउँमा पनि प्रभुत्व जमाउन खोज्छ तर त्यसको विधिविधानमा केही कमी कमजोरी हुन्छन् र त्यसले सफलता पाउन सक्दैन । अर्काको रिसले आफ्नो क्षति पुग्ने कुरामा होस् नराख्ने आन्दोलनकारीहरुले आन्दोलनमा राख्ने मागहरु भाग बण्डामा आधारित हुन्छ । बसिखानेहरु गरिखानेको आरिस गर्छन् ।

( उप्रेती नेपाल सरकारका उपसचिव हुन् )

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x