तनहुँमा बस ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते
वि.सं.२०८१ मंसिर ३ सोमवार
1.1K
shares
shares
काठमाडौं। तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।जस क्रममा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको थापाले बताए ।
दुर्घटना दुई बसका ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको उनले बताए।



























