सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.1K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

आइतबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals