अमिन चौलागाईंविरुद्ध भ्रष्टाचार मुद्दा

825
shares
Nabil bank

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वरका अमिन ईश्वरचन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

करारका कर्मचारी चौलागाईंले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

प्रवक्ता घिमिरेका अनुसार जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि चौलागाईंले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएका थिए । उनलाई आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको थियो ।

 

चौलागाईंलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको हो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited