स्वामीकार्तिकको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

1.3K
shares

बाजुरा।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

१ हजार ७०५ मतगणना गर्दा सम्म नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले ७६५ मत पाएकी छन् । कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले ६६४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी जवा शाहीले २३५ मत पाएकी छन् । ७ हजार ४६० मतदाता मध्ये उपाध्यक्षलागि ३ हजार ९०३ जनाले मतदान गरेका थिए ।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

civil hospital
Hams Hospitals