गीतकार डा. दामोदर रेग्मीको नयां म्यूजिक भिडियो सार्वजनिक

35.5K
shares
Nabil bank

 

जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो वोलका गीतकार तथा प्रशासनविद डा. दामोदर रेग्मीको गीतको म्यूजिक भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा चर्चित गायिका आनि छोइड्ग डोल्माको स्वर रहेको छ भने कीर्ति न्यौपानेले संगीत दिएका छन् भने अभिनय मिथिला शर्माको रहेको छ रम्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन् । गायिका आनि छोइड्ग डोल्माले यस गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेका र मेलोडी अति सुन्दर रहेको छ गीतकार डा. दामोदर रेग्मी र संगीतकार कीर्ति न्यौपाने संगको यो सहकार्य मेरो यस अघिको गीत फुलको आंखामा फुलै संसार जस्तै लोकप्रिय बन्ने कुरामा आशावादी रहेको कुरा बताइन । म्यूजिक भिडियोका निर्देशकले अति सुन्दर निर्देशन गर्नु भएको छ । हामी जस्ता सकारात्मक सोचको अभियानमा होमिएका व्यक्तिहरुको अतिरिक्त सवैको लागि गीतको भाव ग्रहणयोग्य रहेको कुरा गायिका आनि छोइड्ग डोल्माले वताइन। उनले थपिन यो गीतमा आम मानिसको जीवनको भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो सुन्दर रचना रहेको छ ।

 

गीतकार डा. दामोदर रेग्मी आफैमा कुशल प्रशासनविद र राम्रा गीतहरुका रचनाकार हुनुहुन्छ त्यसमाथि यस गीतमा गीतकारले परिवेशको थथार्थ परिकल्पना र सो अनुरुप अति राम्रो संग शव्दको चयन गर्नु भएको छ।

गीतका हरेक शव्द शव्दले मलाइ छोयो यस गीत मलाइ नै हेरेर सिर्जना गरिए जस्तो लाग्यो गीतले आम मानिसको जीवनको भोगाइ र चुनौतीलाई सामना गर्ने उर्जा दिएको छ यसै कारणले मलाइ अभिनयको लागि गरिएको आग्रहलाई मैले तत्कालै स्वीकार गरें अभिनेत्री मिथिला शर्माले बताइन । मेरो अभिनय जीवनमा गरेका अभिनयहरुमध्ये कथाको चयन र प्रस्तुतिको दृष्टिले यो म्यूजिक भिडियो जीवन पर्यन्त विशेष महत्वको रहने कुरा उनले बताइन । यस भिडियोमा चर्चित अभिनेत्री मिथिला शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गरेकी छन्।

 

गीतकार डा. दामोदर रेग्मीको एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको गीतमा संगीतकार कीर्ति न्यौपाने र आनि छोइड्ग डोल्मा संग सहकार्य भएको गीत ल्याउन पाउंदा खुशी लागेको र त्यसमाथि वरिष्ठ कलाकार मिथिला शर्माको अभिनयले भिडियो जीवन्त बनेको छ उनले वताए । नेपाली गीत संगीतको क्षेत्रमा अति राम्रा र कालजयी गीतका सर्जक डा. दामोदर रेग्मीको गीतमा संगीत भर्न पाउंदा ज्यादै खुशी लागेको र आनि छोइड्ग डोल्माको स्वर समावेश गर्न पाउंदा हर्षविभोर भएको कुरा संगीतकार कीर्ति न्यौपानेले बताए ।

गीतकार रेग्मी भन्छन् मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढैको छ । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गरेका हौं साथै गीतको भाव अनुरुपको संगीत दिन संगीतकार किर्ती न्यौपाने अभिनेत्री मिथिला शर्मा र निर्देशक कृष्णदेव रुपाखेती चयन हुनु भएको हो यसमा संलग्न सवैको अथक परिश्रम र सिर्जनशीलताको कारणले गीत र भिडियो दुवै राम्रो बन्न पुगेको गीतकार रेग्मी बताउंछन् ।

ए वन म्युजिशियन मिक्सिड्ग माष्टरिड्ग किशोर थापाले मिक्सिड्गको क्रममा मैले यो गीत धेरै पटक पटक सुने। मिक्सिड्ग गर्दा त धेरै पटक नै सुने तर धीत मरेन र मिक्सिंगको काम सकिएपनि यो गीत पटक पटक सुनिरहन मन लाग्यो मैले मिक्सिड्ग र माष्टरिड्ग गरेका गीतहरुमा जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्द रहेको यो गीत अव्वल गीतहरु मध्येमा पर्ने बताए ।

यस्ता गीतहरु लामो कालखण्डमा मात्र लेखिने गर्दछन् जुन कुरा गीतकारले गर्नु भएको छ भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले वताए । नेपाली गीती क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउनु भएका प्रशासनविद डा. दामोदर रेग्मीको शव्द रहेको जिन्दगीको पाठशालाले धेरै पढायो कहिले हंसायो कहिले रुवायो चुनौतीको सामनामा उर्जा दिलायो पौरखी यी हातमा भाग्य जुरायो लगायतका वोल रहेको गीत शव्दका दृष्टिले महत्वपूर्ण त छदैछ त्यसलाई संगीत र स्वरले जीवन्त बनाएको छ र वरिष्ठ अभिनेत्री मिथिला शर्माको अभिनयले उत्कृष्ट बनेको छ । मैले निर्देशन गरेका म्यूजिक भिडियोहरु मध्येमा यो भिडियो अव्वल दर्जामा रहेको छ निर्देशक कृष्णदेव रुपाखेतीले वताए ।

गीतकार डा. दामोदर रेग्मीको शव्दमा आनन्द कार्की, मुरलीधर, समीक्षा अधिकारी, प्रताप दास, सुरेश लामा, अनु चौधरी, दीपा लामा जस्ता गायक गायिकाको स्वरमा चर्चित गीतहरु आइसकेका छन् र ती गीतहरुमा किरण कडेल, डि वि लामा, मुरलीधर आदि संगीतकारहरुको संगीत रहेको छ।

भिडियो हेर्नुहोस्:

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x