वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म 

ब्रेक फेलदेखि ज्यानै लिने सम्भावना,कम्पनीले दिँदैन स्पेयर टायर

2.2K
shares
Shine resunga department bank

 

राजश्व छलीको मुद्धा खपिरहेको चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीको नेपाली आधिकारिक विक्रेता साइमेक्स इंकले आयात गरेको विद्युतीय कार बीवाइडी गाडीमा समस्या माथि समस्या देखिएको छ । यस अघि नै विवाइडिको गाडी आयत हुँदा प्रतिकार २ लाख कर छली गरेको राजश्व न्यायाधिकरणले काठमाडौँले ठहर भइसकेको छ ।

हालै सार्वजनिक भएको फैसलाको पूर्ण पाठ अनुसार वीवाइडीको नेपाली आधिकारिक विक्रेता साइमेक्सले कर र जरिवानासहित एक करोड १२ लाख साइमेक्सले तिर्नुपर्ने निर्णय गरेकोमा न्यायाधिकरणको फैसलामा उल्लेख छ । साइमेक्सले वायर हाउसको प्रतिकार २ लाखको दरले २० वटाको ४० लाख र त्यसको कर र जरिवानासहितको रकम तिर्नुपर्ने देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ । वीवाइडीका कर्तुत यतिमै मात्र सीमित छैन । साइमेक्सले नेपाली बजारसम्म आउँदा गाडीको मूल्यमा लुट नै मच्चाएको देखिन्छ। न्यायाधीकरणले अधिकतम खुद्रा मुल्य ५० लाख तोकेको कारलाई समेत ५९ लाख नेपाली रुपैयाँमा विक्री गरेर कालोबजारी गरिरहेको छ । यो सरासर आम नेपाली जनतालाई पासो थापेर विवाडिले लुटेको देखिन्छन्।

 

बीवाइडीले भन्सार दररेट घटाउनका लागि काँग्रेस, एमाले,माओवादीका कतिपय नेताका अलवा अर्थ मन्त्रालयका र्मचारीहरुलाई समेत गाडी नै उपहार दिएको पाइएको छ । आयकर छलीमा मुछिएको सोही बीवाइडीको इभीले आफ्ना ग्राहकलाई स्पेयर टायर समेत नदिने गरेको वीआइवी प्रयोगकर्ताहरुले जनाएका छन् । जबकी नेपालमा रहेका सबै गाडीहरुले स्पयेश टायर दिन्छन् भने विवाईडिले टायर समेत नदिने गरेको प्रयोगकर्ताहरु बताउँछन् । विवाइडिले स्पेयर आम ग्राहकलाई नदिएर सिधै ठगिरहेको यो ज्वलन्त उदाहरण देख्न सकिन्छ ।

 

 

यस्का अलवा बीवाइडीका धेरै उपभोक्ताहरूले गाडी खरिद गरेको छोटो समयमै विभिन्न प्राविधिक समस्याहरूको सामना गरिरहेको गुनासो समेत गरेकाछन्। ब्याट्रीको कमजोर प्रदर्शन, ब्रेक फेल हुने, काठमाडौं बाट बाहिर जाँदा चार्जिङ स्टेशन नहुने र भए पनि बिग्रेर बसेका हुने,चार्जिङ पोर्टमा समस्या आउने जस्ता समस्याहरू बारम्बार देखिएका कारण प्रयोगकर्ताहरुले यस्को गुणस्तमा समेत प्रश्न गर्न थालेका छन् ।

 

प्रयोगकर्ताहरुले बीवाइडीका इभी गाडीहरू सुरक्षाको दृष्टिकोणबाट समेत जोखिमपूर्ण रहेको बताएका छन् । कतिपय घटनाहरूमा यी ईभि गाडीहरूमा आगलागी भएका खबरहरू सार्वजनिक भएका छन्। केही महिना अगाडि सीतापाइलामा पार्किङ गरि राखेको ठाउँमा एउटा इभि गाडीमै आगलागि भएको थियो ।

 

यो घटनाले वीवाइडीका सवारी प्रयोगकर्ता यात्रुहरूको जीवनलाई नै खतरामा पार्न सक्ने जानकारहरु बताउँछन् । वीवाइडी इभी गाडी खरिद गरेका उपभोक्ताहरू आफूहरू ठगिएको महसुस गरिरहेका छन्। यस्ता घटनाहरु बढ्दा पनि उपभोक्ता हितका नाममा खुलेका एनजिओ,आइएनजिओ,सरकारी निकायहरु मौन छन् । पीडितहरुले यस्ता कालोबजारी,कर छलीमा जोडिएको कम्पनीलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

यो पनि पढ्न छुटाउनु भयो की:

वीवाइडी इभिको झुटो प्रचार,गाडिको समस्याले ग्राहक हैरान

Can