श्रोत विना सामान बेच्ने शुभलक्ष्मी अटो लिंकबिरुद्ध मुद्धा दर्ता हुँदै  

टोयोटाको आधिकारिक बिक्रेता शुभलक्ष्मी अटो लिंक प्रालीलाइ मुद्रा चलाइदै

612
shares
Shine resunga department bank

 

 

बुटवल । टोयोटाको आधिकारिक बिक्रेता शुभलक्ष्मी अटो लिंक प्राली बुटवलले मोटरपार्टसजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको श्रोत बिना चोरी पैठारी गरी ल्याईएका मालवस्तु बिक्री बितरण गरेको खुलेको छ । साथै बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरी राजस्व चुहावट गरेको हुन सक्ने देखिएको र सो विषयमा यकिन गर्नुपर्ने भएकोले यस सम्बन्धमा विस्तृत छानवीन गरी थप अनुसन्धान भईरहेको जनाईएको छ ।

 

 

 

उक्त फर्मको वर्कशप तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद

खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदन अध्ययन गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरेबमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको छ।

 

बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्रीखातामा प्रविष्टि नगर्नुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि हुन आउँछ । निजले चुहावट गरेको राजस्वको बिगोको शत प्रतिशत जरिवाना गरी जम्मा एक करोड नौ लाख अठार हजार नौसय त्रिपन्न रुपैयाँ बिगो समेतको जरिवाना कायम गरिएको छ ।

 

२०८१ पौष २४ गते उक्त सम्पूर्ण रकमको विगो र जरिवाना समेत खाम्ने गरी बैंक जमानत पेश गरेको अवस्था छ । छिट्टै विभागबाट स्विकृति लिइ मुद्दा दायर गर्न लागिएको राजस्व अनुसन्धान विभाग बुटवलले जानकारी दिइएको छ।