सुनको मुल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ माघ १३ आइतवार
1.6K
shares
shares
काठमाडौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


























