साल्ट ट्रेडिङले ३ करोड ५३ लाखभन्दा बढी खुद नाफा कमायो
वि.सं.२०८१ माघ २८ सोमवार
909
shares
shares
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गरेको नाफा गत वर्षको तुलनामा १.२५ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको यो अवधिमा व्यापार ४ अर्ब ५८ करोड रुपैयाँ मात्र भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ६ अर्ब ६९ करोड रुपैयाँ व्यापार गरेको थियो । त्यस्तै, कम्पनीको बिक्री लागत ६ अर्ब १३ करोडबाट घटेर ४ अर्ब २९ करोड १२ लाख रुपैयाँमा भएको छ ।
चुक्ता पुँजी ३२ करोड ७ लाख १६ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३६ करोड सञ्चित रहेको छ । चुक्ता पुँजी भन्दा जगेडा कोष ४.२४ गुणा बढी छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ रहेको छ ।



























