राजस्व अनुसन्धान विभागद्वारा कार्गोका मालिक माथि विदेशी मुद्रा विनिमय अपचलनको मुद्दा

1.2K
shares

काठमाडौँ । विदेशी मुद्रा अपचलन गरेका अनिल कार्गोका अनिल शर्मा र अमेरिकी नागरिक नायानलाई राजस्व अनुसन्धान विभागले जरिवाना तोकेको छ ।

 

गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशी मुद्रासहित यी दुवैलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो । कार्यालयले चिनियाँ मूलकी अमेरिकी नागरिक नायानबाट अमेरिकी डलर १४ सय , सिंगापुर डलर २सय ४९ , मलेसियन सय र इन्डोनेसियन पैसा १२ हजारसहित विभाग पठाएको थियो ।

 

राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा १८ लाख नेपालीको तीन गुनाले जरिवाना गरी ५४ लाख रुपैयाँ अमेरिकी नागरिक नायानलाई धरौटी तोकेको छ । यस्तै भारतीय नागरिक अनिल शर्मालाई प्रतिबन्धित भारतीय रुपैयासहित राजस्व अनुसन्धान विभाग पठाइएकोमा १२ लाख रुपैयाँ धरौटीमा छाडिएको छ । शर्मा अनिल कार्गो प्रालिका सञ्चालक समेत हुन् ।

civil hospital
Hams Hospitals