रसुवा भन्सारमा प्रमुख कै नेतृत्वमा यसरी भईरहेछ राजस्व ठगी   

सिंहदरबारन्यूजको फलोअप समाचार

3.5K
shares

काठमाडौं । रसुवा भन्सारवाट प्रमुख तुलसीप्रसाद भट्टराई र आफूलाई नेपाली काँग्रेस निकट कर्मचारीको नेता बताउँदै हिड्ने लक्ष्मण बास्तोलाको समुहले कसरी राजस्व ठगि गरिरहेका छन् भन्ने नयाँ तथ्य फेला परेको छ । 

 

भन्सार जाँचपास सकिएपछि प्रत्येक गाडीमा शिल लगाउन अनिवार्य हुन्छ । मालवहाक गाडीको ढोका अनुसार एक वा दुई शिल लगाउने गरिन्छ । शिल लगाउनपूर्व जाँचकीले जाँचपड्ताल गरेपछि माथिल्लो हाकिमले हेर्ने चलन हुन्छ । यसका लागि पनि प्रमुख भट्टराईले लक्ष्मण बास्तोलालाई प्रयोग गर्ने गरेका छन् । तातोपानी भन्सारमा रहँदा पनि प्रमुखसँग मिलेर काँग्रेस कर्मचारी संगठनको आवरणमा माथि बुझाउन पर्छ भन्दै अबैध रकम असुल्ने बास्तोलले सोही हर्कत रसुवामा पनि गरेको व्यवसायीहरु बताउँछन् ।

 

रसुवा भन्सार कार्यालयले सरकारी खर्चमा शिल वनाएको छ । सो शिल प्रत्येक कन्टेनरमा जाँचपास भएपछि लगाउने गरिन्छ । त्यसबापत १ हजार रुपैयाँ अनिवार्य बुझाउने नियम रहेको छ । सामानको भन्सार बुझाएपछि शिलको नाममा अतिरिक्त १ हजार लिने गरिएको छ ।

 

कार्यालयमा शिल वितरण गर्ने ठाँउमा रजिष्ट्रर राखेको हुन्छ जहाँ गाडीको नाम, नम्बर लेखेर शिल लगाएर पास हुन्छ ।

 

शिल लगाउन भन्सार कार्यालयको लेखापाल र प्रशासन समुहको नायवसुब्बा खटाईएको हुन्छ । शिल लगाईसकेपछि प्रमुख भट्टराईको निर्देशनमा बास्तोलाले अतिरिक्त बीसदेखि तीस हजारसम्म रुपैयाँ लिने गरेका छन् । त्यो वापत व्यापारीको सामानमा भन्सार मुल्य घटाईदिने गरेका छन् । जस्तै ः ठूलो पाईन्टको भन्सार हाफ पाईन्टको मूल्यमा काटिदिएर अतिरिक्त रुपैयाँ भन्सार प्रमुख र बास्तोला समुहले बाँडिचुडी खाने गरेका छन् ।

 

बास्तोलाले भने कर्मचारी युनियनदेखि मन्त्रालयसम्म बुझाउन पर्छ भन्दै बढी रकम राख्ने गरेका छन् । यसरी संकलन गरेको रकम कम भाग पर्न थालेपछि बास्तोलाले कर्मचारी युनियनको रवाफमा दुई महिला कर्मचारीलाई त्यहाँवाट सरुवासमेत गराएका छन् ।

यो पढ्न छुटाउनु भयो की…

बदनाम कर्मचारी बास्तोला अधिबेशनको नाममा रकम असुल्न व्यस्त

भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई,लक्ष्मण बास्तोला, लेखापाल जिवमणि देवकोटाका र नायवसुव्वाहरुले शिलबाट आएको पैसा भाग लगाउने एक कर्मचारीले जानकारी दिए । दुई महिला कर्मचारी हटाएपछि भागमा धेरै रकम पारेर मस्ती गर्नेमा उनै चारजना कर्मचारी रहेका छन् ।

 

भन्सार कार्यालयको अभिलेख अनुसार हरेक दिन रसुवा भन्सारबाट कम्तीमा ८० र बढीमा १ सय वटा मालवहाक गाडी काठमाडौं आउने गरेको छ ।भन्सार विभागमा Asycuda World बाट प्रतेक दिन कति गाडि पास हुन्छ त्यहाबाट पनि हेर्नसकिन्छ।

शील लगाएवापत १ हजार र अरु अतिरक्ति बीसदेखि तीस हजारसम्म रकमको हिसाव गर्दा दैनिक लाखौं रुपैयाँ प्रमुख भट्टराई,बास्तोलालगायतको समुहले अतिरिक्त आम्दानी गर्ने एक व्यवसायीले जानकारीदिए । 

थप समाचारहरु यहाँ समावेस छ :

माथि बुुझाउन पर्छ भन्दै रसुुवा भन्सारमा अबैध रकम संकलन गर्ने को हुन ?   

civil hospital
Hams Hospitals