भृकुटीमण्डप भित्र बसेर भाडा नतिर्ने संस्थाहरूको नाम सार्वजनिक, पत्रकार महासंघ काठमाडौं शाखाले कति छ तिर्नु? हेर्नुहोस्

1.7K
shares

 

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरमा पत्रकार ऋषि धमलाले सञ्चालन गरेको रिपोर्टस क्बलले भाडा नतिरेको खुलेको छ ।समाज कल्याण परिषद्ले बिहीबार ३५ दिने सूचना जारी गर्दै रिपोर्टस क्बललाई पौससम्मको जम्मा ४६ लाख ५८ हजार ६ सय ४९ रुपैयाँ तिर्न भनेको हो ।

 

रिपोर्टस क्बल स्टल नम्बर २२ मा राखिएको छ ।साथै परिषद्का अनुसार विभिन्न स्टल, चौर तथा गोदामहरु प्रयोग गर्ने ५१ संस्था तथा व्यक्तिहरुलाई भाडा बुझाएका छैनन् । सूचनाअनुसार भाडा नतिर्नेमा सर्वोच्च नेता गणेशमान सिंहको नाममा स्थापना गरिएको गणेशमान सिंह अध्ययन प्रतिष्ठान, नेपाल पत्रकार महासंघ, रिपोर्टस क्बलदेखि लिएर राष्ट्रिय अपांग महासंघसम्म रहेका छन् ।

 

सबैभन्दा बढी राष्ट्रिय अपांग महासंघले झण्डै १ करोड अर्थात् ९७ लाख ९५ हजार ७ सय ३१ रुपैयाँ तिर्न बाँकी रहेको छ ।परिषद्ले जारी गरेको सूचनामा बुझाउनुपर्ने बक्यौता ३५ दिनभित्र बुझाउन भनिएको । यदि नबुझाएमा असुलीका लागि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

civil hospital
Hams Hospitals