ज्ञान व्यवस्थापन र यसको दिगो विकास र समृद्धिमा योगदान    

21.5K
shares
Nabil bank

ज्ञानको पहिचान, खोजी, सिर्जना र ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र ज्ञान प्रकाशनमा निरन्तर सम्पादनसहित लाग्नु तथा मानव जिवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा परिकृष्त गर्ने काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो ।

 

पश्चिमी चिन्तक प्लुटोले विचारको ईश्वरीय क्रम र आत्मा अर्थात् परमात्माको प्रकृति जान्नु नै वास्तविक ज्ञान हो भनेका छन् । ज्ञान क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । ज्ञान कार्यमा आधारीत अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्नु नै ज्ञान व्यवस्थापन हो । संस्थालाई जिवन्त राख्ने विभिन्न श्रोत मध्ये ज्ञान व्यवस्थापन पनि एक हो । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो ।

 

ज्ञान व्यवस्थापनले ज्ञानको प्रयोग,सृजना, पहिचान,संकलन,समिक्षा, बाँडफाँड र ज्ञानको अनुकुल प्रयोग गरी अति उत्तम तरिकाले प्रयोग, बौद्धिक क्षमता विकासका लागि अभ्यस्त वातावरणको विकास, विस्तार, सामाजिक तथा वैज्ञानिक मुल्य मान्यतामा आधारित संस्कारको विकास र विस्तारमा जोड दिन्छ ।प्रणालीगत रुपमा समन्वय गरि मानिसमा प्रक्रिया, प्रविधि र संस्थागतमा कठिन र अप्ठयारालाई समाधान गर्दै अनवरत रुपमा समन्वय गरी जानी जानी सजिलो बनाउन खोज अनुसन्धान गर्नमा उत्प्रेरित हुनका लागि ज्ञान व्यवस्थापन आवश्यक पर्दछ । ज्ञानले कुनै पनि बिषय बस्तु वा समस्यालाई हेर्ने, बिश्लेषण गर्ने र समाधान गर्ने तरिकामा समेत फरक पार्दछ ।

 

ज्ञानलाई व्यक्तिगत वा संगठित एउटा महत्वपुर्ण औजारको रुपमा लिने गरेको छ । ज्ञान व्यक्ति बिशेषमा हुने तथ्य, जानकारी र अनुभव पनि हो । ज्ञानको प्राप्ति, बिचार, बिमर्श र यसको उचित उपयोग गर्ने क्रमबद्ध तरिकालाई ज्ञानको व्यवस्थापन भन्न सकिन्छ । वर्तमान अन्तरजेलित, अन्तरनिर्भर, जटिल, परिवर्तनशील र सुसूचीत समाजमा ज्ञानको महत्व बढेर गएको छ ।

 

ज्ञान व्यक्तिमा रहेका दुई प्रकारका हुन्छन्—सुव्यक्त ज्ञान र अन्तरनिहीत ज्ञान। सुव्यक्त ज्ञान भनेको नीति योजना, किताब, प्रतिवेदन, डाटाबैंक आदि जस्ता बाह्य स्रोतमा रहेको ज्ञान हो, जसलाई संगठित, एकत्रित र वितरण गर्न सकिन्छ। जबकि, अन्तरनिहीत ज्ञान व्यक्तिको मस्तिष्कमा, सम्झनामा र संस्कृतिमा रहेको हुन्छ र प्रायः स्पष्ट देखिँदैन। यसलाई आवश्यकता अनुसार मात्र व्यक्तिको अनुभव र विशेषज्ञता मार्फत प्रकट गर्न सकिन्छ।

 

अन्तरनिहीत ज्ञानको अभ्यास ब्रेनस्ट्रमिङ, कोचिङ र मेन्टोरिङका माध्यमबाट संगठनको भिजन र मिसन बनाउनमा सहायक हुन सक्छ। यसले कर्मचारीहरूको बीचमा अनुभव र ज्ञानलाई साझा गर्दै नयाँ कार्यहरूको डिजाइन र कार्यान्वयनमा सुधार ल्याउँछ। ज्ञान व्यवस्थापनले नीति निर्माताहरू, साझेदारहरू र लक्षित वर्गहरूसँग कार्यहरूको प्रभावकारी कार्यान्वयनमा मद्दत पुर्याउँछ र सफल अनुभवहरूको प्रचारमा प्रमुख भूमिका खेल्छ।

 

वर्तमान समयमा इन्टरनेट, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको माध्यमबाट ज्ञानको संग्रह र व्यवस्थापन सजिलो भएको छ। घरबाटै वाइफाइ जडित कम्प्युटर र मोबाइलको प्रयोगले मानिसलाई संसारसँग जोड्ने सुविधा दिएको छ। ज्ञान व्यवस्थापन अब संगठनहरूको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग भइरहेको छ। यसले ज्ञानको पहिचान, प्राप्ति, विश्लेषण, भण्डारण र उपयोगमा ध्यान दिन्छ, र समस्याहरूलाई सजिलै समाधान गर्न मद्दत पुर्याउँछ।

 

ज्ञान व्यवस्थापन एक नियमित र निरन्तर प्रक्रिया हो जसले तथ्याङ्क, सूचना र ज्ञानलाई समेटेर संगठनात्मक सुधार र सृजनात्मक मूल्य सिर्जना गर्दछ। यसले संगठनका लक्ष्य र उद्देश्य हासिल गर्न संस्थागत ज्ञानलाई प्रभावकारी रूपमा प्रयोग गर्दै व्यक्तिको ज्ञानलाई सशक्त र उपयोगी बनाउँछ। यसबाट संगठनको क्षमता र प्रभावकारिता वृद्धि हुन्छ, कार्य छिटो गर्न, राम्रा अभ्यासहरू दोहोर्याउन, खर्च कम गर्न र ज्ञानको संरक्षण र विकासमा मद्दत पुग्छ।अन्ततः ज्ञान व्यवस्थापनले संगठनको लक्ष्यमूलक समन्वयमा कर्मचारी, प्रविधि, प्रक्रिया र संरचनाको प्रयोग गरेर मूल्य अभिवृद्धि गर्छ।

 

आजको सूचना र ज्ञानको युगमा भौतिक साधन, वित्तीय साधनभन्दा ज्ञान प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने महत्वपूर्ण स्रोत बनेको छ । ज्ञान व्यवस्थापनमा संगठनले आफ्ना कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ । ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहावको व्यवस्थापन गर्दछ । ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ ।

 

वर्तमान समाजमा ज्ञान प्रसस्त छ तर यसको उपयोग भने कठिन बन्दै गएको छ । वर्तमान समाजमा ज्ञानको सस्तो र सहज पहुँच भएको छ। इन्टरनेट, पुस्तक, शैक्षिक प्लेटफर्म र सामाजिक सञ्जालहरूले ज्ञानको प्रवाहलाई अझ बढी तीव्र र व्यापक बनाएका छन्। यसको बावजूद, ज्ञानको उपयोग गर्नमा चुनौतीहरू थपिएका छन्। अहिले मानिसहरूलाई केवल जानकारी प्राप्त गर्ने सम्भावना छ, तर तिनीहरूको सही रूपमा प्रयोग र व्यवस्थापन गर्ने क्षमता घटिरहेको देखिन्छ।

 

ज्ञानको ठूलो मात्रा हुने हुँदा, सही ज्ञानको छनोट र त्यसको प्रभावकारी प्रयोग गर्न कठिनाइ उत्पन्न हुन्छ। त्यस्तै, विभिन्न स्रोतहरूबाट प्राप्त गरिएको ज्ञानको विश्वसनीयता र सत्यतामा शंका उठ्न सक्छ। डिजिटल प्लेटफर्महरूमा फैलिएका मिथ्या र गलत जानकारीले सही ज्ञानको पहिचान गर्न थप चुनौती पैदा गरेका छन्।

 

त्यसैगरी, ज्ञानको संग्रह र विश्लेषण गर्ने क्षमता सबैमा समान छैन। शिक्षा र सीपका आधारमा मानिसहरू विभिन्न स्तरमा छन्, जसले ज्ञानको उपयोगमा असमानता निम्त्याउँछ। एक ठाउँमा थुप्रिएको ज्ञानलाई उपयोगी बनाउने प्रक्रिया, समय र साधनको कमीले पनि यसको प्रभावकारी उपयोगमा अवरोध उत्पन्न गर्छ। वर्तमान समाजमा ज्ञानको व्यापकता भए पनि यसको सही र उपयोगी रूपमा प्रयोग गर्ने क्षमता प्राप्त गर्न अझै धेरै चुनौतीहरू रहेको छ।

 

संगठनात्मक ज्ञान डाटावेस, प्रतिवेदनमा डकुमेन्टेड हुन्छ र संगठनको मूल्यमान्यता, नम्र्स, प्रक्रिया र अभ्यासमा पनि रहेको हुन्छ । संगठनले आफ्नो लक्ष्य प्राप्त गर्न ज्ञान प्राप्ति गर्ने, रचना गर्ने, उपयोग गर्ने, संरक्षण गर्ने, जोगाएर राख्ने गर्दछ । यद्यपि, कतिपय अवस्थामा संगठनको मूल्यवान ज्ञान अपर्याप्त हुने वा नष्ट भएर, हराएर वा नासिएर जाने गर्दछ ।ज्ञान व्यवस्थापनमा मानव मस्तिकको अनुभव, सिकाई, भावनाहरु, अन्तरदृष्टि, अन्र्तज्ञान, बुद्धि, अवलोकन, आन्तरिक जानकारी, मानव मतलाई बुझने, पुस्तकहरु अध्ययन गर्ने, कागजातहरु, प्रतिवेदन, संस्मरण लगायतलाई बृहत रुपमा मानिसको जिवनमा निरन्तर अभ्यासमा लगि बुद्धिजीवि मर्यादा क्रमको मानवमा नागरिक पर्दछ । मानिसको जीवनलाई जिवन्त, क्रियाशिल राख्नका लागि सूचना र प्रविधिको युगमा ज्ञान व्यवस्थापन महत्वर्पुण मानिन्छ ।

 

संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व अक्कासिएको छ । आज हामी भौतिक स्रोत साधनबाट भन्दा ज्ञानबाट बढी उत्पादक सेवा दिन सक्ने अवस्थामा पुगेका छांै । पहिले औद्योगिक युग थियो । मानिस, मेसिन, विधि र साधनमा जोड दिइन्थ्यो । उद्योग व्यवसायहरू श्रमप्रधान थिए । श्रम सस्तो पनि थियो । कामदारहरूमा विविधता पनि थिएन । प्रशासन र व्यवस्थापन पदसोपान र कमान्ड एन्ड कन्ट्रोलको सिद्धान्तमा सञ्चालित थियो र संगठनहरू परिणामभन्दा प्रक्रिया पु–याउन अभ्यस्त थिए ।

 

ज्ञान व्यवस्थापन ज्ञानको आर्जन, शुद्धिकरण, भण्डार, वितरण र उचित प्रयोग गर्ने कुरा संग ज्ञानको व्यवस्थापन सम्बन्धित छ ज्ञानलाई यसरी व्यवस्थित गर्न सकेको अवस्थामा आफुमा उर्जा तयार भईरहेको हुन्छ र जस्तो सुकै अवस्थालाई पनि सजिलै सामना गर्न सकिन्छ । तर ज्ञानको व्यवस्थापनको अभावमा चेतना जस्ता विषयहरुको अभाव हुन गई बिचलनको अवस्था पनि सिर्जना हुन्छ । फलस्वरुप समय, श्रम र साधनको उचित प्रयोग नभई कार्य सम्पादन हुन सक्दैन ज्ञानको मुख्य स्रोत आन्तरिक र बाह्रय स्रोत नै हुन् । प्राय वर्तमान समयमा सबैले ज्ञान हासिल गरिरहेका हुन्छन् । तर यसको उचित व्यवस्थापन गरेको भने पाइदैन ।ज्ञान व्यवस्थापन सदैव उद्देश्यमूलक हुन्छ । संगठनात्मक ज्ञानबाट फाइदा लिनका लागि ज्ञानको समुचित उपयोग गर्नु प्रमुख उद्देश्य हो । संगठनबाट अवकाश हुने, वा छोड्ने कर्मचारीको ज्ञान उनीहरूको स्थानमा काम गर्न आउने कर्मचारीमा सार्ने व्यवस्थालाई सहजीकरण गर्नु, संगठनबाट कर्मचारी अवकाश हुँदा वा छोडेर जाँदा संगठनात्मक सम्झना वा सूचना नासिएर जानबाट रोक्नु, संगठनको सफलताका लागि ज्ञानको महत्वपूर्ण स्रोत र महत्वपूर्ण कार्य क्षेत्र पहिचान गरी ज्ञान उपयोग गर्नु तथा संगठनको बौद्धिक पुँजीको महत्तम उपयोग गर्न ज्ञान उपयोग गर्ने विधि भएको टुलकिट बनाउनु ज्ञान व्यवस्थापनको मुख्य उद्देश्य हो ।

 

ज्ञान व्यवस्थापनबाट संगठनका जनशक्तिले थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । यसबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, टिममा काम गर्ने संस्कृतिले टिम लाभान्वित हुन्छ ।संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ । यसरी संगठनको बैंकमा रहेको ज्ञान व्यवस्थापन सूचना प्रणाली, बैठक, तालिम कक्षा, टिमको कार्याभ्यास तथा इन्टरनेटको माध्यमबाट संगठनमा घुमिरहेको हुन्छ । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई परिस्कृत गर्दै जान्छ । ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ भने प्रयोग नगर्दा व्यक्तिको दिमागमा नै बन्द भएर बस्न पनि सक्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ । यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ । यसकारण ज्ञान व्यवस्थापनमा ज्ञान चिन्ने कसरी र त्यसको संगठनमा वितरण गर्ने कसरी र ज्ञानको नोक्सानी रोक्ने कसरी एउटा जटिल चुनौती बनेर बसेको पाइन्छ ।

 

अन्त्यमा, गुणस्तरीय उच्च शिक्षा र सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी र क्षमता अभिबृद्धि ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दिगो विकास गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ । ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनुपर्छ । प्रभावकारी अनुसन्धान र विकास तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने खालको उच्च शिक्षा र सीप विकासमा लगानी बढाउनुपर्छ । देश समृद्ध बनाउन ज्ञानमा आधारित अर्थतन्त्रमा लगानी गर्नु आवश्यक छ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x