मंगल दर्शन अहिंसा,मानव कल्याण ,दया, सेवा र  प्रेमको मार्ग दर्शन           

1.3K
shares

यस संसारमा वेला वेलामा प्रेम, सेवा, मानवता र न्यायका प्रतिमुर्तिहरु जन्मने गर्दछने । यिनै मध्येका एक अहिसा र न्यायका पर्यय मानिने मंगलदासजी गुरुजीको जन्म हुन पुग्दछ।गुरुजी श्री मंगलदास महाराज आजिवन सद्भाव, प्रेम, अहिंसा र न्यायका पर्याय रहनु भयो ।  वाहाँको दर्शनलाई मंगल दर्शन समेत भनेर बुझिन्छ । अर्थात गुरुले देखाएको बाटो ,मार्ग दर्शन र आत्म वोध नै  मंगल दर्शन हो भनेर बुझ्न सकिन्छ । गुरुजीको जन्म वि।सं १९५३ आश्विन शुक्ल द्वादशीका दिनमा पुर्वी नेपालको इलाम जिल्ला अन्तर्गतको मेहेलबोटे भन्ने स्थानमा भएको थियो । उहाँका पिताको नाम कल्याणदास सापकोटा र माताको नाम नर्वदा थियो ।

गुरुजीको उमेर डेढ वर्षको भएपछि कल्याणदासजी नेपालबाट बसाइँ सरेर सपरिवार आसामपुग्नुभयो। त्यहाँ गुरु पीताम्बरदासजीसँग साक्षत्कार भयो। त्यसपछि आसाम रांशालीमागुरुजी सपरिवार निजानन्द धर्ममा दीक्षित हुनुभयो ।मंगलदासजीको उमेर पाँच वर्षको भएपछि पिताजीले उहाँलाई अक्षरारम्भ गराउनुभयो । पिता पुत्रको मिलन धेरै कालतक रहन पाएन । विसं १९५८ मै पिता कल्याणदासको धामगमन भयो । परिवारमा ठूलो आघात पर्यो। दयनीय अवस्थामा केही वर्ष बिते। उहाँको परिवार रांशालीबाट तेजपुर आयो । त्यहाँबाट महात्मा श्री रंगीदाससँगै मंगलदासजीको परिवार पन्ना धाम पुग्यो। करीब १२ वर्षको उमेर भएपछि गुरुजीको खोजमा मंगलदासजी महामंगलपुरी धाम सूरत जानुभयो । त्यहाँ गुरु पीताम्बरदासजीलाई भेट्न पाउँदा अत्यन्त खुसी हुनुभयो । सुरुमा उहाँले गुरुसँग वाणीको तालिम लिनुभयो ।केही समयपछि मंगलदासजी सूरतबाट जामनगर पुग्नुभयो । त्यहाँ पुगेर गादीपति श्री सुखलाल महाराजको छत्रछायामा रही तारतमसागरको वृहत तालिम लिनुभयो । ६ महिनापछि उहाँ पद्मावती पुरी, पन्नामा फर्किनुभयो । त्यहाँ रहँदा गुरु पीताम्बरदासको पत्र आयो । उहाँ बीतकको पाठ छोडेर सूरत जानुभयो । सूरत पुग्दा गुरुजी धाम गइसक्नु भएको पाउनुभयो । हृदयमा दुःख भयो। गुरुजीको सम्झनामा अखण्ड पारायण गर्नुभयो । सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि श्री रंगीदास महाराजलाई सूरतका गादीपति बनाइयो ।

गुरुजीले ‘तुम सेवासे पाओगे पार मार्गलाई अगाडि बढाउनुभयो । गुरुजीले सबैलाई समाज सेवा गर्न प्रेरणा दिनु हुन्थ्यो। उहाँले मन्दिरको साथै स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल आदिको स्थापना गराउनुभयो। वि.सं २०३५ मा गुरुजीले इटहरीमा बुढी गंगाको किनारमा श्रीकृष्ण प्रणामी मुक्ति धामको स्थापना गर्नुभयो । भारतस्थित पन्नामा पनि धर्मशालाको निर्माण वि।सं। २०३५ मै गराउनुभयो । उहाँले सिलिगुडीमा वि।सं। २०३८ मा १०८ पारायण गराउनु भयो । वि.सं २०३९ मा गुरुजीबाट मासिक पत्रिका ‘राजविद्याको प्रकाशन सुरु गरियो

समाज सेवा, मानव कल्याण, अहिंसा र प्रेमका लागि मंगलदास गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। दार्जीलिङ, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर मानव कल्याण र अहिंसाको लागि प्रचार गर्नुभयो । कालिम्पोङ् बजारमा मंगलधाम स्थापना गर्दै अहिंसा , शन्ति, मानव कल्याण र न्यायका लागि अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले विसं २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिरको स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्यका लागि भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालिर ‘आत्म सोपान नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । विसं २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।

गुरुजी मङ्गलदशजी महराजले सबै धर्म र सम्प्रदायका बीचमा एकता र सहयोगको महत्त्वमा जोड दिएका थिए। उनका अनुसार, सबै धर्महरू अन्ततः एउटै उद्देश्यको पछाडि छन्—आध्यात्मिक उन्नति र परमेश्वरप्रति समर्पण। उनले विभिन्न धार्मिक समुदायका मानिसहरूलाई एक आपसमा भाइचारा र सहयोग गर्नका लागि प्रेरित गरे, जसले धार्मिक सहिष्णुता र मानवता फैलाउने काम गर्‍यो।

समाज सेवा , प्रेम, अहिंसा र न्यायका लागि उहाँका सेवा मुलक कार्यहरूमा मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास , विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु , बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु , संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धनमा महत्वपुर्ण योगदान रहेको छ । अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा , धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत, धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा मार्ग दर्शन , श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति, प्रणामी यसवाहरुलाई गोलवद्ध गर्दै सामाजिक कार्यमा अहोरात्र लाग्न श्री कृष्ण प्रणामी युवा संघ गठन गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु , भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु, ,तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु , महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु ,अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु ,समय र श्रमलाई सधैं महत्त्व दिनु , सादगी र सरल जीवनयापन गर्नु गराउनु  वाहाँका प्रमुख सेवामुलक कार्यहरु रहेका छन् ।

धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी अहोरात्र  लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता अनेकौ कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ। ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालीकामा मुक्तिधाम, झापाको भद्रपुरमा मंगल पार्क निर्माण भएका छन् ।गुरुजी अहिंसा,मानव कल्याण ,दया, सेवा , प्रेम र न्यायका पर्याय बन्नु भएको छ ।

गुरुजीको शिक्षाले मानिसहरूको मानसिकता र सोचमा परिवर्तन ल्याउने काम गर्‍यो। उनले भव्यता र आडम्बरको विरोध गर्दै सरल र सादगीपूर्ण जीवन यापन गर्नका लागि प्रेरित गरे। साथै, उनले समाजमा व्याप्त नफरत र द्वन्द्वको विरुद्ध शान्ति र सद्भावको महत्त्वमा जोड दिएका थिए। गुरुजी मङ्गलदशजी महराज नेपाली समाजका एक महान धार्मिक गुरु र समाजसेवी थिए। उनका उपदेशहरूले लाखौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। ध्यान, साधना, भक्ति र समाजसेवामा उनको योगदानलाई कदर गर्नुपर्ने छ। गुरुजी मङ्गलदशजी महराजको जीवन र शिक्षाहरूले आज पनि हामीलाई आध्यात्मिक मार्गदर्शन र सामाजिक सुधारका लागि प्रेरित गर्दैछन्। उनको शिक्षाले साँचो धार्मिकता र मानवताको मार्गमा हाम्रा कदमलाई दृढ बनाउने काम गर्दैछ।

सामाजिक कार्यका महानायक ,महान विचारक , दार्शनिक, सुधारक, अहिंसा,मानव कल्याण ,दया, सेवा , प्रेम र न्यायका युगिन धरोहर गुरुजीको कालजयी जीवनपद्धतिबाट पाठ सिकेर वैज्ञानिक अध्यात्मिक चेतनाको विजारेपणगरी जीवन मंगलमय बनाउन सकिन्छ ।वहाँको जीवन दर्शनबाट विश्व जगतले समाज कल्याण,सदाचार,नैतिकता, सहिष्णुता, विश्व वन्धुत्व, भाइचारा ,सामाजीक न्याय, सुशासन,मानव कल्याण, निष्ठा र असल आचरण जस्ता गुणहरु अवलम्वन गर्दै विश्वमा मानवतावाद, अहिंसावाद, सामाजिक प्रेम र सद्भाव ग्रहण गर्न आवश्यक छ ।

 

 

 

 

civil hospital
Hams Hospitals