मुख्यसचिव दाहिना हुँदा पार्वतीलाई खातै खात
वि.सं.२०८२ वैशाख १० बुधवार
shares
काठमाडौं । सहसचिव पार्वती अर्याल परराष्ट्र मन्त्रालय पुगिन । मुख्यचिव एकनारायण अर्याल दाहिना हुँदा उनले खातैखात अवसर पाएकी हुन् । मालदार अड्डामा बसिरहेकी पार्वतीलाई एकनारायणले अव अझै मालदार अड्डा लगेको प्रधानमन्त्री कार्यालयमा चर्चा छ ।
अर्थमन्त्रालय वा अन्तर्गत भन्सार जाँचपासपछिको परीक्षण कार्यालय, प्रमुख भन्सार परीक्षण प्रशासकबाट तीन महिना नहुँदै परराष्ट्र मन्त्रालय पुग्न पहुँच नहुने कर्मचारीलाई सजिलो छैन । अर्याललेको २०८१ माघमा त्यहाँ सरुवा भएको थियो ।
चीनको बेइजिङस्थित नेपाली आवासीय राजदूतावासको ‘ईकोनोमिक मिनिस्टर’ बन्ने गरी परराष्ट्र लगिएको चर्चा छ । दक्षिणको लविगमा रहेका एकनारायणले उत्तरमा पार्वती पठाउनु शंकाको दृष्टिले हेरिएको छ ।
बेइजिङको ‘ईकोनोमिक मिनिस्टर’मा सहसचिव विन्देश्वरप्रसाद लेखकलाई पठाइएपनि उनी हङकङको महावाणिज्यदूतमा पुगे ।
राष्ट्रिय महिला आयोगबाट अर्थ मन्त्रालय भित्रिएकी पार्वती अर्थबाट परराष्ट्र पुग्न जान सफल भईन् । वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख समेत भएर काम गरिसकेकी पार्वतीलाई एकनारायणले अब विदेशस्थित नियोगमा काम गर्ने अवसर मिलाईदिएको प्रधानमन्त्री कार्यालयका एक सहसचिवले बताए ।
२०७९ सालमा आन्तरिक प्रतिस्पर्धामा पार्वतीले सहसचिव भएकी हुन् ।
अर्याल महिला आयोग हुँदा कर्मचारीहरुलाई दबाबमा पारेर आयोगको निर्णय परम्परा विपरीत कामहरु गर्न लगाउने र आफ्नो फ्रस्टेशन उतार्न कर्मचारीलाई मोबाइलको झटारो हान्नेदेखि माइन्युट च्यात्नेसम्मका व्यवहार पदाधिकारीको नेतृत्वबाटै भएका बताइन्छ । गएको फागुन यता बोर्ड बैठक नबसेको र आयोगको वार्षिक प्रतिवेदन समेतमा आयुक्तले असहमति जनाएको घटना बाहिरिएको थियो ।





























