निजामती ऐन कार्यान्वयन माग गर्दै अभूतपूर्व प्रदर्शन, १४,९४० कर्मचारी सहभागि

4.1K
shares

 

काठमाडौं।निजामती ऐन लागू गर्न माग गर्दै आज देशभरका निजामती कर्मचारीहरू प्लेकार्डसहित विरोध कार्यक्रममा उत्रिएका छन्। निजामती सेवामा राजपत्रअंअकित संरक्षण अभियानले मागपत्र टाँसेर काम गर्ने कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको छ।

 

निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानका प्रमुख अभियान्ता तथा सह सम्योजक सुरज निरौला ले बताउनु भयो साथै उहाले यस अभियानले सबै प्रदेश , जिल्ला र बिभागमा तदर्थ समिती पनि तिब्र रुपमा गठन गर्दै लैजाने र हाल सम्म १३ जिल्ला र ७ बिभागमा यस अभियानको तदर्थ समिती पनि गठन भै सकेको र तदर्थ समितिहरु जिल्ला जिल्ला, बिभाग बिभागमा स्वत स्फुर्त रुपमा सङ्ठित हुदै गयिरहेको बताउनु भयो |

 

हालसम्म प्राप्त तथ्यांक अनुसार १४,९४० जना अभियानकर्मीहरू यो विरोध कार्यक्रममा सहभागी भएका छन्। यस ऐतिहासिक सहभागिताले संसद, सरकार र सम्पूर्ण राज्य संयन्त्रमा ठूलो दबाब सिर्जना गरेको आन्दोलनकारी सक्रिय सहसंयोजक सुरज निरौलाले बताएका छन्।

 

कर्मचारीहरूले सहसचिव/उपसचिवको खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन्। साथै, पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीहरूलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ।

 

संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट मागको सुनुवाई नभए पूर्व घोषणाअनुसार सेवा प्रवाह रोकिने गरी आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी आन्दोलनरत कर्मचारीहरूले दिएका छन्।

 

निजामती ऐनसँग सम्बन्धित हालका घटनाक्रमलाई कर्मचारी अभियान समितिले नजिकबाट नियालीरहेको र थप कदम चाँडै सार्वजनिक गरिने जनाइएको छ।

 

कर्मचारी अभियान समितिको ठाउमा १५ हजार सदस्य रहेको निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानले नजिकबाट निहालिरहेका छन्।

civil hospital
Hams Hospitals