नक्कली प्रमाणपत्र बाहक प्रभु बैंकका कर्मचारी

7.6K
shares
Shine resunga department bank

 

काठमाडौ ।नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा प्रभु बैकमा कर्मचारीले जागिर खाएको खुलासा भएको छ । नेपाल राष्ट्र बैंक गभर्नर कार्यालय, बैंक तथा वित्तीय सँस्था नियमन विभाग तथा बैंक तथा वित्तीय सँस्था सुपरिवेक्षण कार्यालयमा सम्बोधन गरि लेखिएको उजुरीमा यथाशीघ्र छानबिनका लागि अनुरोध गरिएको छ ।

 

प्रभु बैंक लिमिटेडमा कार्यरत केही कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको विषयमा छानबिनका लागि नियामक निकायमा उजुरी समेत परेको हो । तर, नियामक निकायले पहुँचका भरमा यो बिषयलाइ थामथुम पारेको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

रोकिएन प्रभु बैंकको बिकृति,शेरचन र पन्तले यसरी डुबाउदै छन् बैंक

बैंकभित्र भएको यस प्रकारको अनियमितताले बैंकको प्रतिष्ठा र विश्वसनीयतामा गम्भीरअसर पुर्याउने हुँदा यसबारे नियामक निकायको ध्यानाकृष्ट गराउन चाहेको निवेदनमा उल्लेख छ ।
निवेदनमा प्रभु बैंक लिमिटेडको मानव संसाधन विभागबाट नियुक्त भएका विभिन्न कर्मचारीहरूको प्रमाणपत्रको सत्यता सुनिश्चित गर्नका लागि छानबिन प्रक्रिया शुरु गर्न अत्यन्त जरुरी देखिएकोले निवेदन पेश गरिएको व्यहोरा उल्लेख गरिएको छ ।

 

यस विषयमा आम निक्षेपकर्ताको समेत गम्भीर चासो व्यक्त गर्दै आएकाले सम्बन्धित सबै निकायहरूलाई यसको छानबिन गर्न निपेक्षकर्ताको तर्फबाट माग पनि गरिएको छ । यस बिषयमा निष्पक्ष रुपमा छानबिन नगर्ने हो भने यसले बैंकिङ क्षेत्रको विश्वसनीयता रग्राहकहरूको विश्वासलाई गम्भीर क्षति पुर्याउन सक्ने पनि निवेदनमा लेखिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

बिबादित छवि बनाएका प्रभु बैंकका कार्यकारी प्रमुख मदन भण्डारी फाउण्डेशनको संरक्षणमा ?

everest Bank
Sharestha treating