सुनको मुल्य बढ्यो

वि.सं.२०८२ वैशाख २४ बुधवार
663
shares
shares

काठमाडौं । आज बुधबार पनि सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ पुगेको हो । मंगलबार प्रतितोला सुन १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा स्थिर छ ।