४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना काण्डमा जोडिए सासद भट्टचन
प्रहरीमा उजुरी छ तर, कार्वाही भएन
वि.सं.२०८२ वैशाख २६ शुक्रवार
shares
काठमाडौं । प्रभु म्यानेजमेन्टका संस्थापक अध्यक्ष तथा एमाले सांसद देवी प्रकाश भट्टचनले विभिन्न सहकारीको अर्वौ रुपैयाँ अपचलन गरेको खुलासा भएको छ ।
भट्टचनले पार्टनर कुसुम लामासहित भएर देशभरीका ४२ सय भन्दा बढी सहकारीबाट अर्बौं रुपैयाँ ठगी गरेको घटना बाहिरिएको हो। प्रभु मनि ट्रान्सफरको रेमिट सेवा संचालनका लागि भन्दै देशभरका ६ हजार सहकारी बाट तीन लाख देखि तीस लाख सम्म डिपोजिट प्रभु म्यानेजमेन्टले लिएको छ । तर, अहिले रेमिट्यान्स बन्द भैसकेको छ। बन्द भएको लामो समय हुँदा समेत रकम फिर्ता गरेको छैन। प्रभु मनि ट्रान्सफरको सुपर एजेण्टको रुपमा प्रभु म्यानेजमेन्ट खडा गरेर कुसुम लामाले देशभरका ६ हजार भन्दा धेरै सहकारीलाई सब एजेन्ट बनाएको थियो।
यिनै अपराध छोप्न अहिले भट्टचन एमालेको झण्डा बोक्न पुगेका छन् ।
अध्यक्ष भट्टचन र लामाले सहकारी बाट लिएको धरौटी रकम फिर्ता नगरेको मात्र होइन सहकारीहरुले सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानी गरे बापतको अरबौं रुपैयाँ तिरेका छैनन्। सामान्यतया रेमिट्यान्स कारोबार भुक्तानी भएको दिनको क्लोजिङ समय भित्र सहकारीको खातामा पैसा डिपोजिट गर्नुपर्थ्यो। कुनै कारणले रकम डिपोजिट नभए अर्को दिन डिपोजिट हुनुपर्नेमा महिनौं सम्म करोडौं रकम बाँकी हुँदा पनि बचतकर्ताको बचतलाई सुरक्षित गर्न संबेदनशिलता अपनाउनुपर्ने जिम्मेवारी बोकेको सहकारी संचालकको गम्भीर त्रुटि देखिन्छ। स्रोतका अनुसार प्रभु म्यानेजमेन्ट कि अध्यक्ष कुसुम लामाले सहकारीको उक्त भुक्तानी सासद भट्टचनले तिर्ने भन्दै विभिन्न सहकारीलाई पत्राचार गर्दै आएकी छन्। लामाले भुक्तानीमा ढिला भएको समयको राम्रो ब्याज दिने आश्वासन दिएको स्रोत बताउँछ।
यदि सरकारले निष्पक्ष रुपमा छानविन गर्ने हो भने सहकारी प्रकरणमा यो सबैभन्दा ठुलो ठगी प्रकरण हुने निश्चित छ। तर सत्ता र शक्तिका आडमा भट्टचनबिरुद्दको जाहेरीमाथि अनुसन्धान समेत अघि बढेको छैन। भट्टचन बिरुद्द प्रहरी परिसर काठमाडौंमा जाहेरी छ।
भट्टचन र लामाकै मिलेमतोमा ग्रामीण क्षेत्रका सहकारीहरुलाई प्रभु म्यानेजमेन्ट कम्पनी नै प्रभु ग्रुप र प्रभु बैंक अन्तर्गत रहेकोले धरौटीको ग्यारेन्टी नै प्रभु बैंकले लिने भएकोले ढुक्क भएर काम गर्न आश्वासन दिँदै आएका छन्। प्रभु बैंक र ब्यापारीक घराना प्रभु ग्रुपको सहायक कम्पनी प्रभु म्यानेजमेन्ट हो भनेपछि सहकारीहरु सब एजेन्ट बनेका थिए तर प्रभु म्यानेजमेन्ट कम्पनी अहिले प्रभु बैंक र प्रभु ग्रुप सङ्ग सम्बन्धित नरहेको थाहा पाएपछि आफुहरु भट्टचन र लामा बाट ठगीएको सहकारी संचालकहरु बताउँछन्।
प्रभु म्यानेजमेन्टमा संस्थापक अध्यक्ष र कुसुम लामा बीच आन्तरिक मतभेद सुरुभएपछि सहकारीहरुले धरौटी बापतको रकम र रेमिट्यान्स भुक्तानी बापतको रकम कुसुम लामा सग फिर्ता माग्दा भट्टचनलाई देखाउने भट्टचन आँफू सँस्थामै नरहेको भन्दै सहकारीलाई झुक्याईरहेका छन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
रोकिएन प्रभु बैंकको बिकृति,शेरचन र पन्तले यसरी डुबाउदै छन् बैंक
भट्टचन र लामाको व्यक्तिगत टकरावका कारण सहकारीको अर्बौं रुपैयाँ डुबिरहेको छ। सहकारीले प्रभु म्यानेजमेन्ट सङ्ग सम्झौता गरेको कारण प्रभु म्यानेजमेन्टकि अध्यक्ष कुशुम लामाले रकम फिर्ता गर्नुपर्ने भन्दै भट्टचन पन्छिरहेका छन् ।
कानुनी रुपमा सहकारी संस्थाले रेमिट्यान्स सेवा संचालन गर्न पाउने ब्यबस्था छैन। त्यसैले पनि अधिकांश सहकारी संस्थाहरू मौन छन भने केही सहकारी संस्थाले केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) मा जाहेरी दिएका थिए। जाहेरी पछि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि कुसुम लामा फरार छिन। प्रहरी स्रोतका अनुसार, लामामाथि ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको छ।
त्यस्तै लामाले पनि सहकारीको रकम भट्टचनले तिनुपर्ने भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी हालेकी छन् । देशभरका सहकारीको अर्बौं रकम अपचलन गरेका यी दुवैजनामाथि अझैसम्म कारबाही गर्ने आँट प्रहरीले गरेको छैन।
प्रभु म्यानेजमेन्टले सहकारी संस्थाहरूलाई आकर्षक लाभको लोभ देखाउँदै संकलन गरेको रकम हिनामिना गरिएको उजुरीहरू प्रहरीमा तथा अदालतमा समेत दर्ता भएका छन् । लामा फरार छिन्। भट्टचन रुपियाँमा सासद पद किनेर माननीय बनेका छन ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:




























